कमलमा छोराले गरे आमाको हत्या

कमल । झापाको कमल गाउँपालिकामा आईतवार साँझ ७ वजेतिर छोराले आमाको हत्या गरेका छन् ।
गाउँपालिकाको वडा नम्वर ७ बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय छोरा दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० बर्षिया आमा मीरा ऋषिदेवको हत्या गर्नुभएको हो ।
मदिरा सेवन गरेर आउनु भएकाका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताउनुभयो ।
नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिनुभयो । हत्या गर्ने छोरालाई गाँउलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker