चुलाचुली गाउँपालिकाले कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट विनियोजन

कृषि र पशुपालन तर्फ २ करोड ४० लाख रुपैया भन्दा बढी रकम विनियोजित

उमानाथ भण्डारी

चुलाचुली । दक्षिणी ईलामको चुलाचुली गाउँपालिकाले आलु आर्थिक वर्षमा कृषि र पशुपालनलाई उच्च प्रथमिकतामा राखेर बजेट विनियोजना गरेको छ ।
विनियोति बजेट मध्ये गाउँपालिकाले १ करोड ५० र सशर्त तर्फ ५४ लाख रुपैया रहेको गाउँपालिकाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is ka33.jpg
चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिृय अधिकृत काजिमान राई

चालुअर्थिक वर्षमा गाउँपालिकाले कृषि विकास तर्फ १ करोड रुपैया विनियोजन गरे गरेको छ । विनियोजित रकम कृषिलाई आवश्यक पर्ने सिचाईका लागी ४० प्रतिशत लागत सहभागीतामा ४८ लाख रुपैया कृषि सिचाई कार्यक्रममा खर्चहुने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी साना किसान सहकारी सस्थाको ५० प्रतिशत अनुदान साझेदारीमा प्राङ्गगारिक मल तथा जैविक विषादी उत्पादन तालिम सन्चालन गरिने छ । जसकालागी गाउँपालिकाको तर्फ बाट ५ लाख रुपैया विनियोजन गरेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिृय अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले २५ प्रतिशत साझेदारीमा उन्नत धान र मकैको विउ वितरणका लागी २० लाख रुपैया तथा २५ प्रतिशत अनुदामा तरकारीको विउ र च्याउको विउ वितरणका लागी ४ लाख रुपैया छुट्याएको अधिकृत राईले बताउनुभयो ।

गाउँपालिकाको कृषि गुरुयोजना तयार गर्नकालागी ५ लाख रुपैया र अध्यक्ष ÷उपाध्यक्ष मैत्री कृषि कार्यक्रमका लागी ३ लाख ५० हजार छुट्याएको छ ।
त्यसैगरी गाउपालिकाले पशु विकास तर्फ ५० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित रकम बाट व्यवसायिक कुखुरा पालन तर्फ ६ लाख ५० हजार, कृषकलाई च्यापकटर खरिदका लागी ७५ प्रतिशत अनुदानमा ४ लाख रुपैया, मासु पसल सुधारका लागी ५० प्रतिशत अनुदानमा ४ लाख रुपैया, पशु विमा गोष्ठी, पशु स्वस्थ्य शिविर, पशुविमा अनुदन कार्यक्रम तर्फ जम्मा ५ लाख ९० हजार विनियोजन गरेको अधिकृत राईले जानकारी दिनुभयो ।

गाउँपालिकाले कृषकका पशुमा नश्ल सुधारगरी कृषकको आय स्तरमा वृद्धि गर्ने उद्येश्यले पशु नश्ल सुधार कार्यक्रमकालागी ५ लाख रुपैया रहेको छ ।
गाउँपालिकाको समग्र कृषि र पशुपालको विकासका लागी नेपाल सरकार बाट सशर्त अनुदानका कार्यक्रम अन्तरगत कृषि विकास रणनिती अनुगमन तथा समन्वय कार्यक्रम तर्फ ४ लाख , प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना तर्फ २ दाल ४० हजार र पशु विकास तर्फ ५ लाख ९० हजार रुपैया रहेको अधिकृत राईले जानकारी दिनुभयो ।

यसका साथै कोभिड १९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका युवालाई रोजगारीको श्रृजना गर्ने उद्येश्यले मागमा आधारीत कार्यक्रम समेत रहेको अधिकृत राईले जानकारी दिनुभयो ।
भौगोलिक अवस्थाले पनि चुलाचुली गाउँपालिका कृषि र पशुपालनकालागी अत्यन्तै उर्भर भुमि मानिन्छ । पछिल्लो समयमा कृषि र पशुपालनका क्षेत्रमा लाग्ने कृषकलाई गाउँपालिकाको तर्फ बाट विभिन्न सुविधा प्राप्त भएसगै कृषकमा कृषिकर्म तर्फ थप उर्जा मिलेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker