अलबिदा प्रणव मुखर्जी

विजय अधिकारी

No posts found.

झापा। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा आज २०२० अगस्ट ३१ तारिखका दिन नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनी कोभिड १९ बाट सङ्क्रमित थिए । सन् १९३५ डिसेम्बर ११ का दिन ब्रिटिस कालको भारतको बिरभूम जिल्लामा जन्मेका मुखर्जी भारतीय राष्ट्रिय कांग्रेस पार्टीसँग सम्बद्ध थिए । पद्म विभूषण तथा भारत रत्नबाट सम्मानित उनले भारतको वित्त मन्त्री, विदेश मन्त्री, रक्षा मन्त्री, भारतीय योजना आयोगको उपाध्यक्ष हुँदै सन् २०१२ जुलाई २५ देखि २०१७ जुलाई २५ सम्म भारतका १३ ओैँ राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । उनकी पत्नी शुभ्रा मुखर्जीको सन् २०१५ मा निधन भइसकेको छ । शर्मिष्ठा, अभिजीत र इन्द्रजीत गरी उनका तीन सन्तान छन् । उनको निधनबाट भारतको राजनीतिक एवम् प्राज्ञिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । उनी भारतको निम्ति मात्र नभएर विश्वका समग्र देशहरूको निम्ति प्रेरणाका स्रोत र आदर्श व्यक्तित्व थिए । अलबिदा प्रणव मुखर्जी ! विजय अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker