शिवसताक्षीका कृषकलाई ५० बोरा मल, हात्तीको मुखमा जिरा

शिवसताक्षी । लामो समय रासायनिक मलको पर्खाइमा रहेका शिवसताक्षीका कृषकका लागि आएको मल हात्तीको मुखमा जीरा जस्तै भएको छ ।

शिवसताक्षी ११ स्थित जोरपोखरी कृषि सहकारी संस्थाको पसलमा मल आएपछि शिवसताक्षीका कृषकको भीड लागेको छ ।

विगत ६ महिना अघिदेखि बजारमा चरम अभाव भएको युरिया लिनका लागि कृषकहरु बिहान ५ बजेदेखि उक्त पसलमा लाइन लागेका थिए ।

साल्ट ट्रेडिङ कर्पोरेसन, विर्तामोड मार्फत ५० बोरा युरिया मल उपलब्ध भएपछि नगरका ७, ९, १० र ११ वडाका करीब ३ सय बढी कृषकहरु मल लिन आएका थिए । तर, मल लिन आएका कृषकहरुलाई प्रतिव्यक्ति ५ केजीसम्म मात्र उपलब्ध गराउन सकिने संस्थाका सञ्चालक भोजराज ढकालले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker