टर्कि पालन व्यवसायमा रमाउदै ः चापागाई

उमानाथ भण्डारी

कमल । नेपालमा कृषि पेशातर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । जागिर र व्यवसायमा भन्दा कृषि पेशामा राम्रो आम्दानि हुने देखेर पछिल्लो समय युवाहरुको आकर्षण कृषि पेशा तर्फ बढ्न थालेको हो ।
यसकै उदाहरणहो झापाको कमल गाउँपालिका वडा नम्वर ३ सानो केर्खामा सञ्चालित भिसोदा कृषि फर्म ।

This image has an empty alt attribute; its file name is dsx-1024x472.jpg


नेपाल प्रहरीको जागीर छाडेर जुत्ता पच्पल व्यवषायमा होमिनुभएका हरि चपागाँईले काठमाडौको कपनमा ७ वर्ष सम्म जुत्ता चप्पलको व्यवषाय सञ्चालन गर्नुभयो । यो पेशा बाट मनग्य आम्दानी भएकै थियो ।
आफु संग भएको व्यवसायीक अनुभवलाई चतक्कै छोडेर वहाँ कृषि पेशातर्फ लाग्नु भयो त्यसमा पनि अत्यन्तै नयाँ टर्कि पालन व्यवसाय तर्फ ।
टर्कि पालन सजिलो व्यवसाय पनि रहेछ । यसलाई घाँस भए पुग्छ । थप आहाराकालागी रेडिमेड दाना खुवाउने गरेको छु ।

This image has an empty alt attribute; its file name is fv-1024x472.jpg


दाई कृष्ण चापागाईको हौसला र प्रेरणाले आफु टर्कि पालन व्यवसायतर्फ लागेको हरी बताउनु हुन्छ । व्यवसाय सुरुगर्नु भन्दा पहिले यो व्यवसाय क कस्ले सञ्चालन गरेको छ भनेर धेरै अध्यायन गरे । कसैले पालेको छ भनेको सुनेर त्याहाँ सम्म पुगे र केहि अनुभव बटुलेर त्यस पछि मात्र आफुले व्यवसाय सुरुगरेको वहाँले बताउनु भयो ।
व्यवसायकि रुपमा अस्ट्रिज पालन भनेको मेक्सिको र उत्तर अमेरीकामा छ । एसियामा यो व्यवसाय खासै नभएको चापागाई बताउनुहुन्छ ।
सुरुमा १ सय ५० वटा चल्ला बाट सुरुगरेको भिसोदा कृषि फर्ममा अहिले १ हजार भन्दा बढी अस्ट्रीज छन् । १ नम्वर प्रदेशकै नमुनाको रुपमा यो फर्म रहेको छ । फर्मले १ नम्वर प्रदेश सरकारको तर्फ बाट ह्याचिङ्ग मेसिन समेत अनुदानमा पाएको छ ।
भविश्यमा यस फर्म मार्फत अष्ट्रिज राईडिङ्ग गर्ने लक्षका साथ चापागाई लाग्नु भएको छ । ईन्डोनेसिया र म्यानमारमा अष्ट्रिज राईडिङ्ग राम्रो चलेको छ त्यसलाई नेमाल भित्र्याउने तयारीमा चापागाई लाग्नु भएको छ । यो सगै रिसोर्ट सञ्चालन गर्ने समेत योजना छ । रिसोर्टमा आउने हरेक व्याक्तिलाई कर्टिको मासु चखाउने समेतको योजना मा आफु लागी परेको वहाँ बताउनुहुन्छ ।
यसका साथै आफुले उत्पादन गरेको टर्किको मासुलाई प्याकेजिङ्ग गरेर विदेश पठाउने फर्मको लक्ष्य रहेको छ ।

This image has an empty alt attribute; its file name is fgh-1024x472.jpg


मासुका साथै छाला र प्वाँख को समेत राम्रो बजार छ । छाला र प्वाँख प्रशोधन गर्ने उपकरणको खोजि गरिरहेको वहाँ बताउनुहुन्छ ।
फर्मको अवलोकन गर्न नेपालका साथै भारतको विभिन्न ठाउँ बाट आउने गर्नु भएको छ । टर्कि पालन सम्बन्धि ज्ञान लिएर फर्किनु भएको छ चल्ला समेत अडर गर्नु भएको छ । अहिले हप्तामा ५ देखी ६ सय चल्ला उत्पादन हुन्छ । यसले बजारको माग पुरागर्न सकेको छैन ।
पछिल्लो समय युवाहरुमा कृषि पेशा तर्फ आकर्षण बढी रहेको छ । यस्तो अवस्थामा सरकारले व्यवसायीको माग अनुसार लालिम ,विमा, कृषि कर्जा का साथै उनिहरुले उत्पादन गरेको बस्तुको निर्यातमा समन्वयकारी भुमीका खेल्नेहो भने मात्र कृषि पेशा र कृषकको उन्नती प्रगती हुनेछ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker