कमल गाउँपालिका द्वारा निर्माणाधिन आईसोलेसन सहितको क्वारेन्टाईन भदौ अन्तिम साता देखी सन्चालनमा आउने ः अध्यक्ष काफ्ले

उमानाथ भण्डारी

No posts found.

कमल । कमल गाउँपालिका द्वारा निर्माणाधिन अवस्थामा रहेको आईसोलेसन सहितको क्वारेन्टाईन यहि भदौ अन्तिम साता देखी सन्चालनमा आउने भएको छ ।
गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माण गर्दै गरेको क्वारेन्टाईको निर्माणकार्यको काम धमाधम भैरको ले यही भदौ अन्तिम साता सम्ममा सम्पन्नहुने गाउँपालिकाले जनाएको छ ।

This image has an empty alt attribute; its file name is 98u-1024x472.jpg


निर्माणाधिन क्वारेन्टाईनमा ५० वेडको हुनेछ । जसमा महिला, पुरुष र आईसोलेसन वेड छुटाछुट्टै हुनेछ यसका साथै किचन र गाड रुम सहित ५ वडा व्लकको आईसोलेसन सहितको क्वारेन्टाईको निर्माण कार्य धमाधम भैरहेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
नयाँ भवनको निर्माणकार्य सम्पन्न हुनासाथ गाउँपालिकाको वडा नम्वर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विध्यालयमा रहेको क्वारेन्टाईलाई तुरुन्त स्थानान्तर गरिने समेत गाउँपालिका अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker