कमल गाउँपालिकाको केर्खा बजार सील

उमानाथ भण्डारी

कमल । कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा बजारमा पहिलो पटक समुदायमा कोभिड १९ पोजेटिभ देखीए पछि बजार सील गरिएको हो ।
वडा नम्वर ३ का ८३ वर्षिय पुरुषमा कोभिड १९ पोजेटिभ पुष्टि भएकोले कन्ट्रायाक्ट ट्रेसिङ मार्फत जिनको परिवार र निजसंग सम्पर्कमा आएका व्याक्तिको पिसिआर परिक्षण का लागी स्वव संकलन गर्नुपर्ने भएकोले आज (भदौ ३ ) राती १२ बजे देखी २०७७ भदौ ९ गते राती १२ बजे सम्मकालागी वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ती टोल क्षेत्रको (पश्चिममा ढ्याग्रे खोला, पुर्वमा केर्खा खोला ,उत्तरमा पुर्वपश्चिम लोकमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो) पुर्ण रुपमा सिल गरी लकडाउन गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is o098.jpg
केर्खा बजार सील गर्ने विषयमा छलफल गर्दै स्थानिय संघ सस्थाका प्रतिनिधी


लकडाउन अवधिभर औषधी पसल वाहेक अन्य कुनै पनि पसल खोल्न पाईने छैन । दुधडेरी भने विहान ६ बजे देखी ८ बजे सम्म र बेलुका साडे ४ बजे देखी साडे ६ सम्ममात्र खोल्न पाईने छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker