दमक स्थित मेची सहकारी संस्थाले विपद वचत योजना सुरुगर्ने

पत्रकार तथा सहकारी अभियान्तालाई समेत पुरस्कृत गरिने

उमानाथ भण्डारी

कमल । झापाको दमक स्थित मेची सहकारी संस्थाले दैविक विपत्तीमा आफ्ना सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले चालु आर्थिक वर्ष देखि विपद वचत योजना सुरु गर्ने भएको छ ।
सहज परिस्थीतिमा वचत र असहज परिस्थीतिमा उपभोग गर्न सदस्यको बानिको विकास गराउदै उद्देश्यले यस्तो बचतको सुरुगरिएको हो । यस्तो बचतले जटिल प्रकृतीका रोगलाग्दा उपचार गराउन समेत सहज हुने सहकारीको साधारणसभाको पुर्व सध्यामा पत्रकारसंग भेटघाट कार्यक्रममा व्यवस्थापक खोम प्रसाद बगालेले जानकारी गराउनु भयो ।
कोभिड १९ का कारण सदस्यले लगेको कर्जामा १ वर्ष सम्म किस्ता रकममा हर्जना नलाग्ने सहकारी ले जनाएको छ । यस वर्ष सहकारीले १ अरब ९३ करोड ३९ लाख ४१ हजार ९५९ वासलातको करोवारमा ६ करोड ५३ लाख ९२ हजार ५१७ रुपैया नाफा गरेको व्यवस्थापक बगालेले जानकारी गराउनु भयो ।
त्यसैगरी झापाको दमक स्थित मेची सहकारी संस्थाले आफ्ना पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरेको स्व.गणेश प्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार गिरीराज भट्टराई पुरस्कृत हुनुहुने भएको छ ।

This image has an empty alt attribute; its file name is giri.jpg
पत्रकार गिरीराज भट्टराई


सहकारीले आफनो बार्षिक साधारणसभाका अवसरमा वितरण गर्दे आएको सो पुरस्कारवाट वहाँ पुरस्कृत हुनुहुने भएका हो । सप्तरङ्की एफएमका प्रवन्ध निर्देशक तथा नेपाल प्रेस यूनियनका झापा जिल्ला उपाध्यक्ष समेत रहनु भएका भट्टराई लामो समयदेखि दमकमा कृयाशील हुनुहुन्छ । पत्रकार गिरीराज भट्टराई
वहाँ संगै स्व. गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कारवाट यस वर्ष ओमदेवी मल्ललाई तथा मेची सहकारी पुरस्कारवाट उर्लावारीका पत्रकार रुपेन्द्र शेर्मा र मेची सञ्चार गृह पुरस्कारवाट विर्तामोडको साझा मञ्च मिडीयालाई प्रदान गरिने भएको सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सयी सवै पुरस्कार भदौ १२ गते हुने २४ औ बार्षिकोत्सव तथा २६ औ साधारणसभाका अवसरमा नगद,सम्मान पत्रसहित पुरस्कृत गरिने सहकारीले जनाईएको छ । उमानाथ भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker