कमल गाउँपालिकामा अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र

माक्स नलगाई हिडडुल गरेमा स्थानिय प्रहरीले नियम अनुसार जरिमाना गर्न सक्ने

उमानाथ भण्डारी

कमल । कमल गाउँपालिकाले विश्व व्यापिरुपमा फैलिएको कोभिड १९ को व्यवस्थापन गर्नको बैठकले विभिन्न निर्णण गरेको छ ।
आज बसेको कार्यपालिकाको बैठकले स्थानिय उद्योग वाणिज्य संघ, बजार समिती, टोल विकास सस्था तथा स्थानिय संघ सस्थाको समन्वय र सहकार्यमा कार्यन्वयन गर्ने गरिएका निर्णण अन्तरगत अत्यावश्यक सेवा वाहेकका अन्य व्यवसाय , पसल र होटल विहान ८ बजे देखी अपरान्न ४ बजे सम्म मात्र सन्चालन गर्नु पर्ने छ । व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपममा सेनिटाईजर, साबुन पानीको प्रयोग गरी सामाजकि दुरी अपनाएर मात्र सामान विक्रिवितरण गर्नु छ ।
त्यसैगरी अर्को सुचना जारी नहुन्जेल सम्मका लागी स्थानिय हाट बजार पुर्ण रुपमा बन्द गर्नु पर्ने छ भने २५ जान भन्दा बढी मानिस जम्मा हुनेगरी कुनै पनि प्रकारको सभा, सम्मेलन ,भेला सन्चालन गर्न नपाई छैन । सबै नागरिकले अनिवार्य रुपमा मास लगाउनु पर्ने निर्णय गरिएको कमल गाउँपालिकाले जनाएको छ ।
कोभिड १९ को प्रकोपउच्च रहेको बेला सकेसम्म विवाह, ब्रतवन्ध, पुजा लगाएतका कुनै पनि कार्य नगर्ने र यदी गर्नै पर्ने अवस्था आएमा २५ जना भन्दा बढी भेला हुन नपाईने यस्तो अवस्थामा सबैले अनिवार्य सेनिटाईजर र माक्स प्रयोग गनु पर्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी सिटी सफारी, टेम्पो चालकले अनिवार्य रुपमा माक्स र सेनिटाईजर प्रयोग गर्ने र एक पटकमा २ जना भन्दा बढी यात्रु बोक्न नपाईने तथा अति आवश्यक काममा बाहेक घर बाहिर हिडडुल नगर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ । यदि घर बाट बाहिर निस्कनु पर्ने अवस्था आएमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । माक्स नलगाई हिडडुल गरेमा स्थानिय प्रहरीले नियम अनुसार जरिमाना समेत गर्न सक्ने छ ।
यसका साथै बैक तथा वित्तीय सस्थाले सजगताका साथ स्वस्थ्य प्रोटाकलको पालन गरी नियमित रुपमा सेवा प्रवाह गर्न सक्ने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker