जङ्गली हात्तिका कारण गएराती झापाको कमल गाउँपालिकामा एक वृद्धाको मृत्यु

उमानाथ भण्डारी

कमल । जङ्गली हात्तिका कारण गएराती झापाको कमल गाउँपालिकामा एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ५ स्थित नयाँ वस्ति निवासी ६२ वर्षिय रोहित वहादुर रेग्मि (क्षेत्री) को हात्तिका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
एउटा माउ र २ वटा बच्चा सहित आएको हात्तिले राती घरमा राखेको धान खानलागेको र हात्तिलाई देखेर भाग्दा अचानक हात्ति संग जम्काभेट भएपछि हात्तिले सुडले च्यापेर फाल्दा रेग्मि को मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकका डिएसपी विजय पण्डितले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is gg.jpeg


मृतक रेग्मी श्रीमती निर्मला रेग्मी र नाती सग सो ठाउँमा बस्दै आउनु भएको थियो ।
जङ्गली हात्तिका कारण कमल गाउँपालिकाको वडा नम्वर ५ नयाँ बस्ति र वडा नम्वर ३ को सानो केर्खा लगायतका ठाउँमा जङ्गली हात्तिले पटपटक दुःख दिने गरेको छ । जसका कारण यस ठाउका स्थानीय वासिलाई आर्थिक र मानविय क्षती समेत हुने गरेको छ ।
जङ्गली हात्तिको दिर्घकालिन सामधानका विषयमा सम्बन्धित निकायलाई पटक पटक जानकारी गराएपनि अहिले सम्म दिर्घकालिन सामधान नभएको प्रति स्थानियको गुनासो छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker