कमल गाउँपालिकामा विपद् व्यास्थापन समितीको पुर्व तयारी बैठक सम्पन्न

उमानाथ भण्डारी

कमल । वषात् का कारण हुन सक्ने क्षतिलाई न्युनिकरण गर्ने र वाढीबाट विस्थापित भएका जनतालाई तत्काल उद्धार गरी सुरक्षीत स्थानका आश्रय स्थल बनाएर राख्ने विषयमा आज कमल गाउँपालिका स्तरिय विपद् व्यास्थापन समितीको पुर्व तयारी बैठक सम्पन्न भएको छ ।
बैठकमा बाढीबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न र बाढी बाट विस्थापित भएका जनतालाई तुरुन्त उद्धारगरी सुरक्षीत स्थानमा राख्ने विषयमा कसरी पुर्व तयारी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको कमल गाउँकालिकाले जनाएको छ ।
बैठकमा वाढी बाट क्षति हुनसक्ने संभावित क्षेत्रको पैचानगर्ने,आवश्यक औषधी, खाध्यन्न सामाग्री उद्वार सामाग्रीको व्यवस्था गर्ने लगायतका सामाग्रीको व्यवस्थागर्ने, जनतालाई सुसुचित गर्ने, सुचना केन्द्र स्थापना गर्ने जस्ता निर्णय भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
गाउँपालिकामा बाढी बाट क्षतिहुने सम्भावित क्षेत्र अन्तरगत पुर्वमा कमल खोलाले सानुकेर्खा, बोहोराटोल,सुनारा सरङ्गपाडा र पश्चिममा रतुवा खोलाले सिम्ले, खयरवारी , झर्का लगायतका गाउँबस्ति लाई धेरैक्षती गर्ने भएकोले त्यस ठाउँका जनतालाई सुरक्षित रहन सुचना गर्ने निर्णय भएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।
वाढी बाट विस्थापित भएका जनतालाई तत्काल उद्धार गरेर वडा नम्वर १ मा नरेन्द्र जनता माध्यमिक विद्यालय र नवदुर्गे प्राथमिक विध्यालय वडा नम्वर २ मा कमला मदन आश्रित स्मृति माध्यमिक विध्यालय वडा नम्वर ३ मा कन्चजङ्गा आधारभुत विद्यालय वडा नम्वर ५ मा गुह्ेश्वरी आधारभुत विद्यालय र मंगलमय माध्यमिक विद्यालय वडा नम्वर ६ मा वाणी माध्यमिक विद्यालय र सामुदायीक भवन र वडा नम्वर ७ मा पिंङडाडा आधारभुत विद्यालय र अरनिको आधारभुत विद्यालयमा आश्रय स्थल बनाएर राखिने गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker