कृषिज्ञान केन्द्र ईलामद्वारा कृषि औजार वितरण, चुलाचुलीका अगुवा कृषक दंङ्ग

उमानाथ भण्डारी

कमल । उन्नत धान उत्पादन ब्लक आयोजना समिती र मकै सघन वाली विकास आयोजना समितीको आयोजना र कृषि ज्ञान केन्द्र ईलामको आर्थिक सहयोगमा चुलाचुली गाउँपालिकाका धान ब्लक केन्द्र र मकै सघन वाली विकास आयोजना समितीमा आवद्ध कृषकलाई कृषि औजार तथा सामाग्री वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी चुलचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले अगुवा कृषकलाई सामाग्री हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण गरिएका सामग्रीमा जनचेतना कृषि सहकारी सस्था चुलाचुली ईलामका अध्यक्ष खड्गकुमार न्यौपानेलाई ट्याक्टर सेट अन्तरगत हेड, ट्रली, थ्रेसर, कल्टिभेटर, रोडाभेटर, केजवेल प्रदान गर्नुृ भएको थियो ।

This image has an empty alt attribute; its file name is 1-1024x768.jpg


त्यसैगरी धान उत्पादन ब्लक तर्फ पदम चेम्जुङ्ग लाई पावर टिलर १ थान, विवश भलिभद्र कोईराला र मात्रिका न्यौपाने लगाएत ५ जनालाई सिचाई मोटर एक एक थान, साना सिचाई वोरिङ्ग २० जनालाई, स्पेयर ट्याकीं ५० जनालाई, एक पाङग्रे ट्रली २० जनालाई, सिड टिन १०० जनालाई र त्रिपाल २०० जना लाई प्रदान गरिएको सस्थाले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा मकै सघन वाली विकास तर्फ सिचाई मोटर १६ जनालाई, साना सिचाई वोरिङ्ग ५ जनालाई, स्पेयर ट्याकीं १०० जनालाई, एक पाङग्रे ट्रली २० जनालाई, सिड टिन १०० जनालाई , त्रिपाल २०० जना लाई प्रदान गरिएको आयोजक सस्थाका सचिव सन्तोस थाम्सुहाङ्गले बताउनु भयो ।
यसैगरी कार्यक्रमा पावर टिलर १ थान, च्यापकटर ७ थान, च्यापकटर मोटर ७ थान, मकै रोप्ने मेसिन २० थान, मकै छोडाउने मेसिन ५ थान समेत वितरण गरिएको सचिव थाम्सुहाङ्ग जानकारी दिनुभयो ।
यो सगै गोठेमल, जैविक विषदी र भकारो सुधार कार्यक्रम बाट समेत कृषक लावान्वित भएका थिए ।
आयोजक सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुलचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई , विषेश अतिथी कृषि ज्ञान केन्द्र ईलामका प्रमुख शालिकराम भट्टराई,र सुचना अधिकृत गणेश राई , जिल्ला समन्वय सिमती ईलमका सदस्य हेमकला बस्नेत, वडा अध्यक्ष पुण लावती लगायत ले कार्यक्रमका बारेमा बोल्दै सामाग्री पाउने कृषकलाई धन्यवाद दिनुभएकको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker