कमल गाउँपालिकाका स्वास्थ्यकर्मि काममा फर्किए, नागरिकसमाज र स्वास्थ्यकर्मि बिच यस्तो सहमति

कमल । झापाको कमल गाउँपालिकाका स्वास्थ्यकर्मि र नगारिक समाजबिच एक आपसमा भएका समझदारी हटाउँदै अघि बढ्ने सहमति भएको छ ।
आज आईतबार गाउँपालिकाको नेतिृत्वमा भएको छलफलले समुदाय र स्वास्थ्य कर्मचारीबिच भएको असमझदारी हटाउँदै अघि बढ्ने सहमति भएको हो । छलफलमा दुबै पक्षबाट भएका कमि कमजोरी स्विकार गर्दै आगामी दिनमा कुनै पनि गल्ति कमजोरी नगरी अगाडी बड्ने सहमती भएको गाउँपालिकाले जनाएको छ ।
आउदा दिनहरुमा नागरिक समाजले स्वास्थ्य कर्मचारीको संरक्षक भई अघि बढ्ने प्रतिबद्धता जनाएको छ । । यो सहमतीसँगै स्वास्थ्यकर्मिबाट बन्द गरिएका सेवाहरु पुन सन्चालनगर्ने जनाईएको छ ।

This image has an empty alt attribute; its file name is press-700x1024.jpg

केहिदिन अगाडी स्थानियहरुकोे एक समुहले स्वस्थ्यकर्मि माथी अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । सोहि परिस्थिती बाट उत्पन्न विवादका कारण गाउँपालिकामा कार्यरत स्वस्थ्यकर्मिले अतिआश्यक सेवा बाहेकका सबै स्वास्थ्य सेवा ठप्प बनाएका थिए ।
स्वस्थ्यकर्मिले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने अडान लिएपछि आईतवार जनप्रतिनिधीको उपस्थितीमा स्वस्थ्यकर्मि र नागरिकसमाज बिच छलफलबाट समस्या समाधान भएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker