सरकारले संञ्चालन गर्न अनुमति दिएका उद्योग सँग सम्वन्धित सबै व्यवसाय खोल्न पाउनुपर्ने झापाका व्यावयायीको माग

झापामा लकडाउनको मोडालिटी तयार गर्न कार्यदल गठन

उमानाथ भण्डारी

No posts found.

कमल । कोभिड १९ लाई रोगथाम गर्नकालागी सरकारले गरेको जारी लकडाउन का कारण उद्योगी व्यवसायीहरुलाई परेको पिरमार्का र जनजिवन लाई कसरि सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
समन्वय समिती झापाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना , जिल्ला समन्वय समिती झापाका सभापति सोम पोर्तेल, जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधी सुरक्षा निकाय बिच छलफल सम्पन्न भएको हो ।
छलफलमा जारि लकडाउनका कारण उद्योगी व्यासायी लाई ठुलो समस्या परेको छ । व्यावषायीले आफ्नो व्यवसाय सन्चालन गर्न पाएका छेनन् , श्रमिकले श्रमगर्न पाएका छैनन्, नागरिकले पनि ठुलो सास्ति व्यहोर्नु परेको छ । त्यसैले यसलाई समय अनुसार परिमार्जन गर्दै सहजरुपमा सबैले आ आफ्नो कामगर्न पाउनुपर्ने माग राखेको नेपाल च्याम्वर्स अफ कमर्स १ नम्वर प्रदेश अध्यक्ष राजेन्द्र घिमिरेले बताउनु भयो ।
त्यसैगरी छलफलमा सरकारले उद्योग सन्चालनगर्ने अनुमति दिएको छ तर उद्योग बाट उत्पादिन बस्तु विक्रिगर्ने व्यवसाय बन्दगरेको छ । त्यसैले कि उद्योग बन्द गर्नुपर्छ नत्र व्यवसाय सन्चलन गर्न पाउनु पर्छ । लकडाउनका कारण बजारमा मुल्य वृद्धि समेत हुने गरेको नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य प्रकास प्रसाईले बताउनु भयो ।
लकडाउनको ७७ औं दिन सम्म आईपुग्दा उद्योगी व्यासायीलाई परेको परिमार्का र जनजिवनलाई कसरि सहजा बनाउन सकन्छि भनेर व्यासायी बिच छलफल भयो ,यसलाई सहज रुपमा निकास दिन सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा बनेको कार्यदलमा जिसस झापाका निमित्त समन्वय अधिकारी गोपाल लिम्बू, बिर्तामोड नगरपालिकाका प्रशासन अधिकृत देवराज कार्की, व्यवसायीका तर्फबाट राजेन्द्र घिमिरे, जीतबहादुर कार्की र कुमार भट्टराई रहेका छन् । ६ सदस्य कार्यदल समेत गठन गरिएको छ । यसले ३ दिन भित्रमा लकडाउनलाई कसरि व्यवस्थित गर्दै उद्योगधन्दा,व्यापार व्यावसाय सन्चालनगर्न सकिन्छ र जनजिवनलाई सहज बनाउन सकिन्छ भन्ने सुझाव आउने छ त्यसकै आधारमा निर्णय गरिने जिल्ला समन्वय समिता झापाका सभापति सोम पोर्तेलले जानकारी दिनुभयो
जिल्ला समन्वय समिता झापाको आयोजनामा भएको छलफलमा जिल्लाका एक दर्जन भन्दा बढी उद्योगी तथा व्यवसायीका तर्फ बाट सरकारले सन्चालनगर्न भनिएका उद्योग सग सम्बन्धित सबै व्यसाय समाजिक दुरी कायम गर्दै सन्चालन गर्न पाउनुपर्ने माग राखिएको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker