कमल गाउँपालिकाको क्वारेन्टाईनमा बसेका सबै नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटीभ आएपछि विदाई गरिएको छ
उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बसेका २० जना नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछी आज सामुहिक रुपमा विदाई गरिएको छ ।
भारतको लखनउ बाट आएर २ हप्ताको क्वरेन्टाई बसाई पछि आज घरजान पाउदा निकै खुशी छु । याहाँ बस्दा सबै बाट अतिराम्रो सहयोग पाए । यदि तपाईहरु मध्ये कसैको आफन्त आउदै हुनुहुन्छ भने क्वारेन्टाईन बसेर मात्र घरजान राम्रो हुने कमल गाउँपालिका ६ निवासी धनकुमारी सुवेदीले बताउनुभयो ।

याहाँ बसाई अत्यन्त राम्रो छ । क्वारेन्टाईन बसेपछि स्वस्थ्य परिक्षण हुने र रोग सर्नबाट परिवारलाई जोगाउन सकिने भएकोले विदेश बाट आएर सबैले क्वारेन्टाईन बस्ता राम्रो हुने कमल गाउँपालिका ४ निवासी रामबहादुर कार्कि बताउनुहुन्छ

भारतको हैदरावाद बाट आएर क्वारेन्टाईन बसेर स्वस्थ्य परिक्षण पछि आज घर जानपाउदा निकै खुशी छु । लुकीछिपी घर गएर परिवारलाई जोखिममा पार्नुभन्दा आफै क्वारेन्टाईन बसेर स्वस्थ्य परिक्षण पछि घरजाँदा राम्रो हुने कमल गाउँपालिका २ निवासी होमराज ढकाल बताउनुहुन्छ ।
क्वारेन्टाईनमा बसेका सबै नागरिकको पिसिआर परिक्षणको नतिजा नेगेटिव आएको छ , यसमा खुशी लागेको छ । आजै सबैलाई आ आफ्नो घर पठाउने तयारी भैरहेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवाश श्रेष्ठले बताउनु भयो ।
पछिल्लो समय भारतका विभिन्न शहर बाट नेपाल आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेका २० जना नागरिक को आज पिसिआर परिक्षणको नतिजा नेगेटिभ आएपछि सबैलाई कमल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्ग लगायत स्वस्थ्य कर्मिको टोलिले अविर लगाएर विदाई गर्नु भएको थियो ।