मातेर हात्ती जिस्क्याउँदा ज्यान गयो

गौरीगञ्ज / झापाको गौरीगञ्जमा हात्तीको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको छ । मंगलबार बिहान ४ बजे तीर यो घटना भएको हो ।

पालिकाको वडा नम्बर २ स्थित लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीले कुल्चीएर ज्यान लिएको थियो । छावा सहित गाँउमा आएको हात्ती धपाउन उनि मोकै बारीमा एक्लै पसेका थिए ।
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक अगम राईका अनुसार स्थानीयले हात्ती भएको ठाँउमा नजाग गरेको आग्रह बेवास्ता गर्दै उनि हात्ती भएको ठाँउमा गएका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिराको नशाले चूर भएका उनको हात्तिले दुवै खुट्टामा समातेर च्यात्दा घटना स्थलमै ज्यान गएको हो । ‘मलाई हात्तीले केहि गर्देन म तन्त्र मन्त्र गर्ने मान्छे हुँ भन्दै जबर्जस्ती उनि हात्ती भएका ठाँउमा पुगेका थिए,’ स्थानीय प्रत्यक्षदर्शीले भने ।
सशस्त्र प्रहरी निरीक्षक राईका अनुसार भारतको सिङ्गीमारी–६ का २५ वर्षीय साइलो भनिने करण मुर्मुको घटनास्थलमै मृत्यु भएको हो ।
मोरङतिरबाट आएको हात्तीलाई नेपाल र भारत दुबै तर्फका नागरिकले धपाउन खोज्दा जङ्गली हात्ती भारतीय युवकमाथि झम्टिएको थियो । हात्ती लखेट्न सीमा नाघेर नेपाल छिरेका ती भारतीय युवकको शव दशगजाको मकैबारीमा फेला पारिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई भारतीय प्रहरीको समन्वयमा जिम्मा लगाइएको स्थानीय प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker