कमल गाउँपालिकाले स्थापना गरेको कोभिड १९ कोषको आम्दानी र खर्च सार्वजनिक

उमानाथ भण्डारी

कमल । कमल गाउँपालिकाले शनिवार पत्रकार सम्मेलगरी गाउँपालिकाले स्थापना गरेको कोभिड १९ कोषको आम्दानी र खर्च सार्वजनिक गरेको छ ।
गाउँपालिकाले शुक्रवार सर्वपक्षिय भेलाबाट कोभिड १९कोषमा भएको आम्दानी र खर्च अनुमोदनगरी शनिवार पत्रकार सम्मेलनगरी सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले स्थापना गरेको कोषमा गाउँपालिकाको तर्फबाट १० लाख रुपैया, जनप्रतिनिधी बाट ५ लाख १ हजार रुपैया, गाउँपालिकामा कार्यरत कमचारी बाट १ लाख ५२ हजार ८०८ रुपैया प्रदेश सरकार बाट ५ लाख रुपैया संघ, सस्था वाट ११ लाख ४४ हजार ९०७ रुपैया,सहकारी सस्थावाट ५ लाख ३ हजार ९७१ रुपैया, सस्थागत विध्यालय बाट ६ लाख ८ हजार ६५० रुपैया व्याक्तिगत सहयोग १ लाख ७५ हजार ४७० रुपैया गरी जम्मा आम्दानी तर्फ ४५ लाख ८६ हजार ८०६ रुपैया कोषमा जम्मा भएको र यस वाएक विभिन्न संघसस्थाले जिन्सि सामान समेत सहयोग गरेको प्रत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी खर्चतर्फ साहात सामग्री (चामल ,दाल,नुन,तेल, सावुन लगायतका सामान) २५ लाख ९१ हजार ६०८रुपैया औषधी तथा औषधी जन्य सामान खरीद ५ लाख ९२ हजार १६१ रुपैया स्वस्थ्यकर्मि, क्वारेन्टाईन मा खटिने सुरक्षकर्मि लागत को खना खर्च १ लाख १४ हजार ६७० रुपैया ं राहात समाग्री ढुवानी ३२ हजार ७०० रुपैया एम्बुलेन्सभाडा ५ हजार रुपैया स्वस्थ्यकर्मि सन्चार ६ हजार ४०० रुपैया,जिल्लाकोषमा जम्मा गरेको २ लाख रुपैया विभिन्न समयमा माईकिङ्ग खर्च ६ हजार ५०० रुपैया, आर.आर.टी. टिमलाई व्याग खरिद ५ हजार ४०० रुपैया सरसफाई कर्मचारीलाई रेनकोट खरीद ३ हजार ६०० रुपैया गरी जम्मा खर्च ३६ लाख ७६ हजार ८९ रुपैया खर्च भएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी यो विपत्को समयका गाउँपालिकालाई सहयोग गर्ने राजनैतिक दल, संघ सस्था, विध्यालय लगायत सम्पुर्णलाई धन्यवाद समेत दिएको छ ।
पत्रकार सम्मेलन कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी प्रमुख प्रशासकिय अधिकृत सुवाश श्रेष्ठ, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल, २ नम्वर वाडाका अध्यक्ष डम्बर बहादुर निरौला, ३ नम्वर वडामा अध्यक्ष नरप्रसाद दंगाल लगायतको उपस्थिती रहेको थियो ।

खर्चको सम्पुर्ण विवरण तल प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker