कमल गाउँपालिका वडा नम्वर ५ को वडा कार्यलय भवन शिल्यान्यास

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ५ को निर्माणाधिन वडा कार्यलयको भवनको आज एक कार्यक्रम विच १ नम्वर प्रदेशका सभासद अर्जुन राई र कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले संयुक्त रुपमा शिल्यान्यास गर्नुृ भयो ।
स्थानिय सरकारका वडा कार्यलय सेवाग्राहिका आधारभुत आश्यकता पुरा गर्ने महत्वपुर्ण अङ्गको रुपमा रहेको ले वडाको आफ्नो छुट्टै भवन हुनु आवश्यक छ । त्यसैले भवन निर्माणका लागी प्रदेशसभा निर्वाचनक्षेत्र पुर्वाचार विकास कार्यक्रमको बजेटबाट भवन निर्माणको कार्य सुरु गरिने १ नम्वर प्रदेशका सांसद अर्जुन राईले बताउनुभयो
. यस आर्थिक वर्षको बजेट बाट भवनको निर्माणकार्य सुरुगर्ने र आगामी आर्थिक वर्षको बजेट बाट निर्माण सम्पन्न हुने गरी आज शिल्यान्यास गरिएको र अन्य वडामा पनि क्रमश भवन निर्माण गर्दै लगिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।
वडाको भवन निर्माणका लागी स्थानिय सन्तोस कार्कि, रामकुमार, नगेन्द्र बहादुर, विष्णु, पे्रमबहादुर र कृष्ण कार्किले आफ्ना बुबा स्वर्गिय चिन बहादुर कार्कि र आमा स्वर्गिय चन्द्रकाला कार्किको स्मृतिमा करिब ४५ लाख मुल्य वरावरको १८ धुर जग्गा निशुल्क प्रदान गर्नु भएको वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाले जानकारी दिनुभयो
१ करोड ३० लाख भन्दा वढीको लगतमा निर्माणहुन लागेको वडा कार्यलयको भवन भुकम्प प्रतीरोधक का साथै अपाङ्ग मैत्री हुनेछ । आगामी आर्थिक वर्ष २०७७ ÷०७८ को अत्य सम्ममा निर्माण सम्पन्न गरिसक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुवास श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker