विपत् व्यवस्थापन पत्रकारिता तालिम सम्पन्न

झापा । कुल ४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक सातालामो विपत् व्यवस्थापनतालिम पूरा गर्नु भएकाmे छ ।
नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायत स्थित बर्नमथयुनिभर्सिटीको सहयोगमा सम्पन्न यस तालिममा विपत्को समयमापत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने विषयमा विस्तृत छलफल भएको थियो ।
बर्नमथयुनिभर्सिटीका प्राध्यापक तथा मिडिया तथा सञ्चार विभागकाकार्यकारी डीन आइनार थोरसन र डा. चिण्डु श्रीधरणले स्रोत व्यक्तिका रुपमा छापा, प्रसारण र अनलाइनमाध्यममा सक्रिय नेपालीपत्रकारलाई प्रशिक्षण दिनुभएको थियो ।
प्रेस इन्ष्टिच्यूटका तर्फकाट वरिष्ठ पत्रकार कपिलकाफ्ले, मण्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपाली , विज्ञ प्रशिक्षक विज्ञान शर्माले सहजीकरण गर्नुभएको थियो ।
कुल एक सय २८ पत्रकारहरुले तालिमकालागि निवेदन दिएकोमा ६२ सहभागीलाई मात्र यस पटकका लागि छानिएको थियो । नेपाल प्रेस इन्ष्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीले बिहीबार कार्यक्रमको समापनगर्दै पत्रकारको चाहनालाई सम्मानगर्दै आवेदन दिनेमध्ये बाँकि रहेका पत्रकारलाई तालिमदिने तयारी भैरहेको जानकारी दिनुभयो ।
तालिम समापनकै क्रममा महासचिव लक्ष्मण हुमागाईंले लकडाउनका समयमापनि समय निकालेर प्रक्षिणमा सहभागीभएकोमा सम्पूर्ण पत्रकारप्रतिआभार प्रकट गर्नुभयो ।
सहभागीपत्रकारले तालिमको ज्ञानको सदुपयोग गर्दै कोरोनाभाइरस (कोभिड १९) को महामारी लगायतका विपत्काविषयमा कम्तीमा एक–एक थान समाचार तयार पारेपछि प्रमाणपत्र पाउने व्यवस्था रहेको नेपाल प्रेस इन्ष्टिच्यूटले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker