कमल गाउँपालिकामा दैनिक विहान ८ बजेदेखी ११ बजे सम्म अत्यावश्यक सामग्रीका पसल खुल्ने

कमल । झापाको कमल गाउँपालिकामा भोली (शुक्रवार) देखी दैनीक विहान ८ बजेदेखी ११ बजे सम्म मात्र अत्यावश्यक सामाग्रीका पसल खुल्ने भएका छन् ।
केहिदिन अगाडीमात्र जिल्ला समन्वय समिती झापाले जिल्लाभर अत्यावश्यक बस्तुका पसल खोल्ने समयमा एकरुपताका त्याउने निर्णय गरेअनुसार आज (विहीवार)विहान कमल गाउँपालिका कार्यपालिका को बैठक बसि अर्को निर्णय नभए सम्मका लागी बिहान ८ बजेदेखी ११ बजे सम्म मात्र अत्यावश्यक (खाध्यन्न , तरकारी, डेरी र औषधी पसल) मात्र पसल खुल्ने निर्णय भएको कमल गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण यस अघि कमल गाउँपालिकामा दिउसो ११ बजे देखी २ बजे मात्र पसल खुल्दै आएका थिए ।
त्यसैगरी कोभिड १९ले गर्दा गाउँपालिकाका अन्य योजना प्रभावित भएपनि वर्षा याममा क्षती हुन बाट जोगाउनका लागी पुल, कल्भट, विध्यालय र जनता आवासका कार्यमात्र सन्चालन गर्ने निर्णय भएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker