चुलाचुली गाउँपालिकामा आजदेखी दोश्रो चरणको राहात वितरण सुरु

उमानाथ भण्डारी

कमल । चुलाचुली गाउँपालिकाले आजदेखी दोश्रो चरणको राहात वितरण सुरु गरेको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर दैनिक छाक टार्ने परिवारलाई समस्या भएकोले त्यस्ता परिवारको छनौट गरी चुलाचुली गाउँपालिकाले आज बाट दोश्रो चरणको राहात वितरण सुरु गरेको हो
नेपाल सरकारले तोकोको मापदण्डको आधार र गाउँपालिकाले बनाएको राहात वितरणको कार्यविधीका आधारमा दोश्रो चरणको राहात वितरण गर्न लागीएको चुलाचुली गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरवहादुर लावतीले बताउनुभयो ।
आफुले राहात पाउदा आफ्ना मान्छेले पनि राहात पाउनु पर्ने भन्ने मनसायले मात्र यस्तो गुनासो आएको नत्र हामीले टोल विकास सस्था सगको समन्वयमा र नेपाल सरकारको मापदण्ड अनुसार नै राहात वितरण गरिएको चुलाचुली गाउँपालिका २ नम्वर वडाका अध्यक्ष नरबहादु लिम्बु बताउनुहुन्छ ।

This image has an empty alt attribute; its file name is dcv-1024x472.jpg


चुलचुली गाउँपालिका ४ नम्वर वडा मा १ सय ४५ घरधुरी छन् । राहात वितरण वडा अध्यक्षको एकलौटीले निर्णयले हुने हैन टोल विकास सस्था, वडा सदस्य र स्थानिय बुद्धिजिवीले राहात दिन उपयुक्त ठहराएका व्याक्तिलाई मात्र राहात वितरण गरिने चुलचुली गाउँपालिका ४ नम्वर वडा अध्यक्ष कालिदास भट्टराईले बताउनुभयो ।
चुलचुली गाउँपालिकामा आज बाट दोश्रो चरणको राहात वितरणको कार्यक्रम सुरभएको छ । पहिलो चरणमा ७ सय ८५ जनालाई राहात वितरण गरिसकिएको र आजबाट गरिने दोश्रो चरणको राहात वितरणमा ७ सय ५४ जनालाई कार्यविधी अनुसार राहात वितरण गरिने चुलचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिनुभयो ।
बाहिर बाट हेर्दा चुलाचुली गाउँपालिका जस्तो देखिन्छ भित्र त्यस्तो छैन । जम्मा ४ हजार ५ सय घरधुरी रहेको यस गाउँपालिकामा दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने घरधुरीको संख्या १ हजार ५ सय ४९ रहेको छ । यस चुलचुली गाउँपालिकाको वडा नम्वर १, २,४ र ५ मा अन्य वडाको तुलनामा दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्ने बढी रहेको अधिकृत राई बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker