कमल गाउँपालिकामा होम क्वारेन्टाईनमा बसेका नागरिकको आज बाट आर.डि.टि परिक्षण सुरु
८ जनामा आर.डि.टि परिक्षण गरिएपनि नतिजा नेगेटिव
उमानाथ भण्डारी
कमल । विदेश बाट आएर होम क्वारेन्टाईनमा बसेका कमल गाउँपालिकाका स्थानिय नागरिकको आज बाट नोवेल कोरोना भाइरस (कोभिड १९) को रेपिड डाईग्नोसिस टेस्ट(आर.डि.टि) सुरु भएको छ ।

होम क्वारेन्टाईनमा बसेका नागरिकको वाहिरी रुपमा कोभिड १९सम्बन्धि कुनैपनि लक्षण नदेखिएपछि उनिहरुको रगतको नमुना बाट गरिने सुरुवाती परिणको रुपमा गरिने आर.डि.टि परिक्षण आज देखी गाउँपालिकाको वडा नम्वर ५ बाट सुरगरिएको कमल गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष डम्वर बहादुर निरौलाले बताउनुभयो ।

आज पहिलो दिनमा ८ जनामा आर.डि.टि परिक्षण गरिएपनि नतिजा नेगेटिव आएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले बताउनुभयो ।
गाउँपालिकामा विदेश वाट आएर होम क्वारेन्टाईनमा बसेका ७४ जना नागरिको घरघरमा पुगेर आर.डि.टि परिक्षण गरिएने स्वस्थ्य शाखा प्रमुख थुलुङ्गले जानकारी दिनुभयो । हालसम्म नेपालमा
भेटिएको 274,810, मृत्यु भएको 3,011, निको भएको 270,927
जना र संसारभर
भेटिएको 117,500,802, मृत्यु भएको 2,606,689, निको भएको 93,016,998
जनाको तथ्यांक सर्बजैनिक भएको छ |