दमक नगरपालिकोको राहात कोषमा साहारा नेपाल र हाम्रो टोलविकास सस्थाको सहयोग ।

उमानाथ भण्डारी

कमल । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणका लागी दमक नगरपालिकाले स्थापना गरेको राहात कोषमा धमाधमा सहयोग प्राप्त भैरहेको छ ।
यसरी सहयोग प्रदान गर्नेमा आज साहारा नेपाल साकोष चारपाने झापा र हाम्रो टोल विकास सस्था दमक ५ ले नगरपालिकाले स्थापना गरेको राहात कोषका जम्मा हुनेगरी सहयोग प्रदानगरेका छन् ।
सहारा नेपाल साकोषले १ लाख ११ हजार रुपैयाको चेक सस्थाका उपाध्यक्ष हरि प्रसाद निरौला मार्फत नगरपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गिता अधिकारीलाई संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।
६ जिल्लामा कार्यक्षेत्र रहेको सस्थामा हाल १ लाख ४५ हजार भन्दा वढी सदस्य रहेका छन् । लकडाउनका वेला समस्यामा परेका आफ्ना सदस्यलाई सापटी वापत ७ करोड रुपैया वितरण भएको सस्थाले जनाएको छ ।
सस्थाले सदस्य संख्याको आधारमा प्रत्यक स्थानियतहलाई २५ हजार देखी २ लाख रुपैया सम्म राहात प्रदान गरेको सस्थाका दमक शाखाका प्रमुख डम्वर प्रधानले जानकारी दिनुभयो ।
त्यसैगरी हाम्रो टोल विकास सस्था दमक ५ बाट ४१ हजार रुपैया बरावरको ८ सय ५५ केजी चामल सस्थाका अध्यक्ष हरी प्रसाद पौडेल मार्फत राहात कोषमा जम्मा हुनेगरी प्रदान गरिएको सचिव देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is er-1024x472.jpg
हाम्रो टोल विकास सस्था दमक ५


राहात कोषमा नगरपालिकाका जनप्रतिनिधीले सुरुमै आफ्नो एक महिनाको सेवासुविधा वापतको रकम र कर्मचारीको तलवको १० प्रतिशत रकम जम्मा गरेको र विभिन्न संघ सस्था तथा दाता बाट प्राप्त भएको जिन्सि तथा नगर गरी कोषमा ८० लाख सम्म जम्मा भएको दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले बताउनुभयो ।
नगरपालिकाले पहिलो चरणनमा २ हजार २ सय ४६ घरधुरीलाई राहात वितरण गरि सकेको र छुटेका अन्य घरधुरीलाई टोल विकास सस्थाको सिफारिसमा राहात वितरण भैरहेको समेत उपमेयर अधिकारीले बताउनुभयो ।


Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker