कमल गाउँपालिकाले सुरु गोर्यो राहात वितरण

कमल । कमल गाउँपालिकाले आज बाट राहात वितरणको काम सुरुगरेको छ ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी गाउँपालिकाले राहात(खाध्यान्न) वितरण सुरु गरेको हो ।

This image has an empty alt attribute; its file name is be-1024x768.jpg


राहात वितरणका लागी गाउँपालिकाले सातवटै वडाका अध्यक्षको संयोजकत्वमा प्रत्येक वडामा समित वनाएर सबै वडा र टोलटोलबाट नामावली संकलन गरेको थियो । प्रत्येक वडा बाट प्रमाणित भएर आएका लगभग १ हजार ५सय घरपरिवारका सदस्य लाई खाध्यन्न वितरण गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनुभयो ।

This image has an empty alt attribute; its file name is ghu-1-1024x472.jpg


वितरण गरिएको समानमा ४ जना भन्दा कम सदस्य भएका परिवारमा चामल १५ केजी, तेल १ केजी दाल १ केजी नुन १ केजी र साबुन १ थान त्यसैगरी ४ जना भन्दा बढी सदस्य भएका परिवारमा लाई चामल १५ केजी, तेल ढेड केजी दाल १ केजी,नुन १ केजी र साबुन १ थान प्रदान गरिए गाउपालिकाले जनाएको छ ।


सरकारले तोकेको लकडाउनको अवधिभरका लागी खाध्यन्न वितरण गरेका छौ । लकडाउनको अवधी लम्विएमा थप राहात वितरण गरिने अधिकृत श्रेष्ठले बताउनुभयो ।
आज गाउँपालिकाले वितरण गरेको खाध्यन्न बुझ्नेमा वडा नम्वर १ मा २६२ जना ,२ मा १३० जना,३ मा १९० जना,४ मा ९५ जना, ५ मा २४० जना,६ मा ३१९ जना,र वडा नम्वर ७ मा १६८ जना लाई खाध्यन्न वितरण गरिएको गाँउपालिकाले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker