कोभिड १९ रोगथामका लागी कमलमा सर्वपक्षिय बैठक सम्पन्न
कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी आज कमल गाउँपालिका स्तरिय सर्वपक्षिय बैठक सम्मपन्न भएको छ ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलेको अध्यक्षतामा भएको बैठमा कोराना भाईरस नियन्त्रण र रोगथामका लागी नेपाल सरकारले लगाएको लकडाउनको आज सातौं दिन सम्म आईपुग्दा कमल गाउँपालिकाले भाईरस रोगथामका लागी गरिएका गवितिविधिका बारेमा उपाध्यक्ष बेनु सिवाकोटीले जानकारी गराउनु भएको थियो ।

बैठकमा लकडाउनको समय थपिएकोले दैनिक मजदुरी गरेर खाने विपन्न परिवारको लागत लिने, लकडाउनलाई प्रभावकारी बनाउन सवै राजनितीक दलले जनचेतना मुलक कार्य सन्चालनगर्न आफ्ना कार्यकर्तालाई अनुरोध गर्ने विभिन्न व्याक्ति र संघ सस्थाले राहत वितरण गरिरहेको ले त्यस्ता व्याक्ति र संघ सस्थालाई एकद्वार प्रणालिबाट वितरणगर्न अनुरोध गर्ने लगायतका निर्णय भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो
लकडाउनको असर शहर बजारमामात्र सिमित भएको तर भित्रि बजार र गाउँमा खासै प्रभाव नपरेकोले गर्दा यसलाई कढाईका साथ लागुगर्न जनप्रतिनिधी लाग्नुपर्ने नेपाली काग्रेस कमल गाउँसमिती अध्यक्ष खगेन भण्डारीले बताउनुभयो । त्यसैगरी विदेश बाट आएका व्याक्ति गाउमा जताततै घुमिरहेकोले त्यस्ता व्याक्ति बाट रोग सर्नसक्ने भएकोले उनिहरुलाई सेल्फ क्वरेन्टाईनमा राख्न सबै लाग्नुपर्ने संधिय लोकतान्त्रिक राष्ट्रिय मन्नका कमल समिती अध्यक्ष सुर्य प्रसाद लिम्बुले जानकारी दिनुभयो ।
बैठकमा नेकपा कमल गाउँकमिटी अध्यक्ष भिम प्रसाद राई, समाज बादी पाटिका अध्यक्ष प्रेमकुमार कुलुङ्ग लगायतको उपस्थिती रहेको थियो ।