लकडाउनलाई व्यास्थित गर्न कमल गाउँपालिकाको आपत कालिन बैठक

कमल । विश्व व्यापिरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी सरकारले लकडाउन गरेको आज छैटौें दिनभै सकेको छ ।
लकडाउनको प्रभावले जनजिवनमा अस्तव्यास्त भएको छ । यस्तो अवस्थालाई सहज बनाउन कमल गाउँपालिकाको आपतकालिन बैठक वसि विभिन्न निर्णय गरेको छ । गाउँपालिकाले गरेको निर्णयमा खाध्यन्न,तरकारि, औषधी, डेरी पसल, कुखुरा तथा बंगुरको दाना ढुवानि लगायत अत्यावश्यक पसल सन्चालन गर्न व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी पछिल्लो विवरण अनुसार कलम गाउँपालिकामा विदेश बाट आउने ५८ जना रहनु भएको छ । थप कोहिभए पैचान गर्ने र सेल्फ क्वरेन्टाईनमा बस्न अनुरोध गर्ने र सेल्फ क्वरेन्टाईनमा बस्न नमान्ने लाई गाउँपालिकाले तयार पारेको क्वरेन्टाईनमा राख्ने, गाउँपालिकामा दैनिक ज्यालादारी गरी छाक टार्ने मजदुरको विवरण लिने, कलम रेडक्रस द्वारा सन्चालित एम्वुलेन्सलाई आस्युलेसन सहितको तयारी अवस्थामा राख्ने, विभिन्न सडक र चौक बजारमा लगाएका ढाट हटाउने लगायतका निर्णय भएको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी संकटको यो घढीमा कमल नगर जेसिजले १० वेडको क्वरेन्टाईन निर्माण गरी गाउँपालिकालाई बुझाने जेसिजको प्रस्तावलाई गाउँपालिकाले सहर्स स्वकार्दै जेसिजलाई धन्यावाद दिएको छ । यो सगै कमल गाउँपालिकामा २५ बेडको क्वरेन्टाईन हुने छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker