कमल गाउँपालिका द्वारा क्वारेन्टाइन निर्माण

कमल । कमल गाउँपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट गाउँबासीलाई बचाउन गाउँपालिकाले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो ।
कमल गाउँपालिका वडा नम्वर ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको सभाहलमा १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
निर्माण गरिएको क्वारेन्टाइनमा १० जना पुरुष र ५ जना महिलाको लागी क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइन २४ घण्टा स्वस्थ्यकर्मि रहने भएकोले यदि कशैलाई कुनै समस्या आएमा तुरुन्त ूस्वस्थ्यकर्मिलाई खवर गर्न कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधकृत सुवास श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is gy-1024x472.jpg


गाउँपालिकाले क्वारेन्टाइन मा आउने व्यक्तिकालागी आवश्यकपर्ने बिजुली, खानेपानी, खाद्यन्न सुत्नकालागी खाट लगायतका सम्पुर्ण व्यवस्था मिलाएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।
त्यसैगरी शिवसताक्षी नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको कक्षा कोठामा १८ बेडको क्वारेन्टाइन विहीबारसम्ममा तयार हुने नगरले जनाएको छ ।
शिवसताक्षी नगरपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो । नगरपालिकाका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मी लगायतको टोलीले झरना प्राविको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न उपयुक्त ठानेपछी धमाधम निर्माण शुरु भएको हो । मंगलबार राती अवेरसम्म नगरपालिकाका कर्मचारी दिपक तामाङ्गको नेतृत्वमा ५ जना सहयोगीले कोठामा रङरोगन, बिजुली, खानेपानी, खाद्यन्न जुटाउने लगायतका काम गरिरहेका छन । तामाङ्गले भने, ‘बिहीबार ४ बजे सम्म क्वारेन्टाइन तयार भई सक्ने छ । शिवसताक्षी नगरका नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको गतिविधि अघि बढाइने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker