कमल गाउँपालिकामा १० लाखको कोभिड १९ उपचार कोषको स्थापना

कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कमल गाउँपालिकाले १० लाख रुपैयाको कोष स्थापना गरेको छ ।
गाउँपालिकाको बुधबारको बैठकले गाउँपालिका स्तरमा हुने सम्भावित जोखिम र समस्याहरुको न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको जनाइएको छ ।

गाउँपालिकाले स्थापना गरेको कोषमा गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरु बाहेकले चैत महिनाको तलबको १० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठद्वारा सम्प्रेषित सूचनामा जनाइएको छ ।
उक्त कोषमा जनप्रतिनिधिको सेवा सुविधाबाट पनि १० प्रतिशत कट्टा गरी जम्मा हुने जनाइएको छ । कोषमा सहयोग गर्न चाहने महानुभावका लागि एनएमबी बैङ्क केर्खा शाखाको खाता नम्बर 0640058196400081 मा रकम गम्मा गर्न सकिनेसमेत अनुरोध गरिएको छ ।
यसैबीच, यो समाचार अपलोड गर्दासम्म कोषमा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले थप २५ हजार रुपैयाँ, वडा नं. ६ का कृष्ण भण्डारीले ५१ हजार रुपैयाँ स्वर्णकमल सरहकारी सस्था कमल ६ बाट ५ हजार ५सय रुपैया, शंकर बाबु बस्नेत कमल २ वाट ५ हजार रुपैया , खगेन्द्र खनाल कमल ७ बाट ५ हजार रुपैया , याम पाठक कमल ६ वाट ५ हजार र राम मिश्र कमल ६ बाट १ हजार ५ रुपैया गरी जम्मा ९७ हजार ५०५ रुपैया जम्मा भएको उपाध्यक्ष सिवाकोटीले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker