अंग्रेजी भाषाको बढ्दो मोहले नेपाली भाषा र साहित्य संकटमा

दुधे । अंग्रेजी भाषाको बढ्दो मोहले नेपाली भाषा र साहित्य संकटमा परेको झापाको शिवसताक्षीमा शनिवार आयोजित एक कार्यक्रममा भाषा विद्ले गुनासो गरेका छन् ।

No posts found.

नेपाली भाषा तथा नेपाली पाठ्य पुस्तकका लेखक स्वयमले झापामा आएर नेपाली भाषा र साहित्य अंग्रेजी भाषाको बढ्दो प्रयोगले नामेट हुने खतरा बढेको बताए । वोलिचाली र लेखनमा समेत अंग्रेजी भाषाको प्रयोगले नेपाली भाषाले पाउनु पर्ने स्थान नपाएको उनीहरुले गुनासो गरे ।

नेपाली भाषाको सिकाई विद्यालय तह देखीनै लागु गरिएपनी नेपाली विषयमै विद्यार्थी कमजोर हुनुले अंग्रजी प्रतिको मोह अभिभावक र विद्यार्थी मा बढेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले, शिक्षक जिम्वेवार भएर नेपाली भाषाको अध्ययन अध्यापन गराए भाषा, साहित्य को संरक्षणमा टेवा पुग्ने वताए ।

यस्तै साहित्यकार, समालोचक तथा पाठ्यपुस्तक लेखक डाक्टर रामप्रसाद ज्ञवालीले नेपाली भाषाको शुद्ध लेखन र उच्चारणको प्रयोग दिन प्रतिदिन घटिरहदा नेपाली साहित्य र भाषा संकटमा परेको अर्को तर्क गरे । बजारमा नेपाली पाठ्यपुस्तक छ्याप्छ्याप्ती पाईएपनी सहि ढंगबाट चयन र त्यसको प्रयोग हुन नसक्दा संरक्षणमा चुनौती थपिएको उनले बताए ।

नेपाली भाषा र साहित्यमा विद्यालय तह देखी नै बिद्यार्थीहरु कमजोर हुनुका कारण समेत कार्यक्रममा खोजिएको थियो । पहिलो शिक्षक स्वयम् अव्वल र विद्यार्थी नेपाली भाषा र साहित्यमा उत्साहीत नहुदा परिणाम राम्रो नआउने डाक्टर ज्ञवालीले बताए । ऐरावती प्रकाशन प्रालीका अध्यक्ष रामदेब पाण्डेले शिक्षकले वजारमा उपलव्ध पाठ्यपुस्तकको गुणस्तर मापन गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउदा भाषा र संस्कृतीको वचावट हुने तर्क गरे ।

शैक्षिक सत्र ०७६र०७७ बाट कक्षा १ र कक्षा ११को पाठ्क्रम समेत परिवर्तन हुने भएको ले गाउघरमा बोलीने सरल भाषा र रंगिन चित्र अवको पाठ्यपुस्तकमा समावेस गरिएकोले बिद्यार्थीहरुले सहज ढंगबाट सिक्न सक्ने पाठ्यक्रम विकास केन्द्रका निर्देशक भट्टराईको बताए ।

शिबसताक्षी नगरपालीकाका शिक्षा शाखा प्रमुख शुरेन्द्र दाहालले नेपालकै भाषा साहित्यका प्रख्यात पाठ्य पुस्तक लेखक द्धयले भाषा शिक्षणमा प्रभावकारीताको खोजी गर्दे शिवसताक्षीका शिक्षक शिक्षीका संगको अन्तरसम्बाद महत्वपुर्ण भएको बताए । उनले, शिक्षक जिम्वेवार भए विद्यार्थी नेपाली भाषा र साहित्यमा अव्बलहुने बताए ।

नगरका सामुदायीक र संस्थागत बिद्यालयका ६० नेपाली विषयका शिक्षक शिक्षीकाको सहभागीता थियो । कार्यक्रमले नेपाली भाषा साहित्यको उत्थान गर्ने भएकोले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्र्ने सहभागी वालकुमारी अधिकारी र पुर्ण लकान्द्रीले बताएका छन । कार्यक्रम ऐरावती प्रकाशन प्राली काठमाण्डौको आयोजना तथा शिबसताक्षी नगरपालीकाको संयोजनामा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker