केर्खा तिन महिने निःशुल्क ढाका बुनाई तालिम सुरु

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आज बाट तिन महिने निःशुल्क ढाका बुनाई तालिम सुरु भएको छ ।
उद्यमशील जागरण महिला केन्द्रको आयोजना तथा प्रदेश सांसद ईन्दिरा राईको संसाद विकासकोषको आर्थिक सहयोग र कमल गाउँपालिकाको व्यवस्थापनमा सुरुभएको तालिमको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको थियो ।
तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नसके मात्र तालिम लिएको उपलब्धी हुने छ । तालिम पछि व्यवसापिक रुपमा उद्योग सञ्चालनगर्नका लागी गाउपालिकाले सहयोग गर्ने समेत अध्यक्ष काफ्लेले बताउनुभयो ।

No posts found.
This image has an empty alt attribute; its file name is o-1024x472.jpg


“ ढाकाको बजार जताततै छ तपाई हरु ३ महना सिक्नुहोस त्यसपछी उत्पादन गर्न लाग्नुहोस ”। तपाईहरुलाई व्यवसायिक बनाउन गाउँपालिका ले के सहयोग गर्नु पर्छ सहयोग गर्न जहिलै पनि गाउँपालिका तयार रहेको अध्यक्ष काफ्लेले बताउनुभयो ।
कार्यक्रममा कमल गाउँपलिकाका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, आदिवासी जनजाती महासंघ कमल गाउसमितीका अध्यक्ष छत्रहाङ्ग फागो लगायतले तालिम सफलताको शुभकामना दिनुभयो थियो । तालिममा कमल गाउँपलिकाका १६ जना महिला सहभागी हुने छन्
केन्द्रकी अध्यक्ष शान्ता दहाल अध्यक्षमा भएको कार्यक्रमम उपाध्यक्ष गौरी राईले स्वगत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker