प्रधानमन्त्री ओली लाई पेश गरिने एजेण्डा माथि छलफल

कमल । प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ४ गते आफ्नो निर्वाचनक्षेत्रमा आउने कार्यक्रम रहेकोले सो कार्यक्रममा गाउँपालिकाको तर्फ बाट पेश गरिने एजेण्डामाथि आज कमल गाउँपालिकाले सर्व पक्षिय भेला बाट निर्णय गरेको छ ।
गाउँपालिकामा रहेका राजनितिकदलका प्रमुख सँग भएको छलफलमा रतुवा ,कमल,केर्खा,ढयाग्री,गेउरिया,भुत्लुङ्गर र किस्ने खोलामा दिर्घकालिन तटबन्धन, मंगलवारे क्याम्पा शिवगंज सडक कालोपत्रे, अन्तराष्ट्रिय रङ्गशाला, आदिवाशी संग्रालय, धार्मिक वन, रतुवामाई वृक्षारोपणलाई कृषिवन वनाउनुपर्ने, सुकेम्वासी समस्या समाधान , गाउँपािलकामा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने लगायतका विषयमाथि छलफल भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
प्रधानमन्त्री समक्ष पेशगरिने एजेण्डा माथि भएको छफफलमा नेकपा जिल्लाकमिटी सचिवालय सदस्य शिव ढुङ्गेल नेकपा कमल गाउकमिटीका अध्यक्ष भिमप्रसाद राई नेपाली काग्रेस कमल गाउसमितीका सभापती खगेन भण्डारी ,महासमिती सदस्य राजन ढुङ्गाना, संघिय लोकतान्त्रीक राष्ट्रिय मन्च तथा संघिय लिम्बुवान मञ्चका केन्द्रिय सुर्यप्रसाद लिम्बु, जनमुक्ति पाटिका अध्यक्ष मनबहादुर थापामगर राष्ट्रिय प्रजातन्त्र पाटिका कमलगाउ समिती सहअध्यक्ष त्रिलोचन आचार्यको उपस्थिती रहेको थियो

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker