दमकमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकार सम्बन्धी छलफल

कमल –झापाको दमकमा मंगलबार यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको विषयमा छलफल कार्यक्रम भएको छ । कार्यक्रममा तेस्रो लिङ्गी के हो रु तेस्रो लिङ्गी किन र कसरी रु समलिङ्ग भनेको के हो रु कसरी तेस्रो लिङ्गी बन्छ रु लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

No posts found.

लिड नेपाल दमकको आयोजनामा र ब्लु डायमण्ड सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा दमक–५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले तेस्रो लिङ्गी अर्थात यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकारको निम्ति नगर कार्यापालिकाको तर्फबाट सकारात्मक सहयोग रहने बताए ।

वडाध्यक्ष गुरुङले दमकमा तेस्रा लिङ्गीको संख्या र उनिहरुको शैक्षिक, आर्थिक र सामाजिक अवस्थाका बारेमा स्पष्ट तथ्याङ्क नभएको र तेस्रा लिङ्गीहरुको मानव अधिकारको निम्ति कार्यगर्ने संघसंस्थाले तथ्याङ्क सङ्कलनमा सहयोग गर्नसमेत आग्रंह गरे । उनले भने–’दमक नगर क्षेत्रमा तेस्रो लिङ्गीहरु कति छन् र कस्तो अवस्थामा छन्, यसबारेमा स्पष्ट विवरणहरु नगरपालिकामा तथ्याङ्क आवोस ।’

कार्यक्रममा दमक नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज बद्री बरालले स्वास्थ्य शाखाको तर्फबाट गर्ने जस्तो सुकै खालका कार्यक्रमहरुमा साथ र सहयोग रहने बताए । दमक नगर अपाङ्ग सहयोग समितिका अध्यक्ष मदन बोहोराले संविधानिक व्यवस्था अनुसार आफ्ना अधिकारका निम्ति तेस्रो लिङ्गीहरु एक जुट हुनुपर्नेमा जोड दिए । उनले दमकमा आफ्ना पहिचान र अधिकारका निम्ति सर्घषरत संघसंस्थाहरुबीच आपसी छलफल र सहकार्य हुनुपर्नेमा जोड दिए । पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगायतले समाजमा अझैपनि तेस्रो लिङ्गीहरुको पहिचान खुलाउन र देखाउन समस्या रहेको बताए ।

कार्यक्रममा तेस्रो लिङ्गीहरुको अधिकारका निम्ति आन्दोलनरत लिड नेपाल दमकका चञ्चला लिम्बूले नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार आन्दोलनका विषयमा सहजिकरण गरेका थिईन् । उनले नेपालका लैङ्गिकताका बर्गिकरण महिला र पुरुष मात्रै उल्लेख गरिएकोमा चिन्ता प्रकट गरिन । उनले महिला र पुरुष बाहेक समाजमा तेस्रो लिङ्गी समेत गरेर तीन वटा सामाजिक लिङ्ग अस्तित्वमा रहेको जनाईन् ।

कार्यक्रममा चञ्चला लिम्बूले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मानव अधिकार सम्बन्धी भएका विषयमा जानकारी गराएका थिईन् । उनले २००१ देखी समुदायमा यौन स्वास्थ्य र र मानव अधिकारका निम्ति काम गरिरहेको ब्लु डायमण्ड सोसाइटीले नेपालको कानुन तथा निती निर्माणसँगै संविधान व्यवस्थामा अधिकार स्थापित गर्न गरेका योगदानको चर्चा गरेका थिईन् ।

त्यस्तैं, उनले तेस्रो लिङ्गीहरु जैविक लिङ्गीको हिसवले महिला वा पुरुष भएता पनि आफुलाई महिला वा पुरुषको रुपमा प्रस्तुत नगर्ने व्याक्तिलाई तेस्रो लिङ्गी भनिएको बताईन् । उनले भनिन्–जन्मदा बाल वा बालिका भएपनि हुर्कदा ती व्याक्तिको लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती, व्याक्तित्व आदि समाजमा परमपरागत रुपमा महिला र पुरुषको अपेक्षा गरिएको भन्दा फरक भएमा तेस्रो लिङ्गी भनेर बुझन सकिने बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker