फिल्म निर्माण सम्बन्धि समाग्री प्रदान

कमल । कितावि ज्ञानका साथसाथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थिको अक्षमता अभिवृद्धि गर्ने उद्येश्यले आज एक कार्यक्रम बिच विद्यार्थिलाई सर्ट फिल्म निर्माण सम्बन्धिका समाग्री हस्तान्रण गरिएको छ ।
क्यामरा सिक भन्ने उद्येश्यका साथ व्रिटिस काउन्सिल नेपाल,ईन्टो फिल्म युके, युनिसेफ नेपाल र चलचित्र विकासवोर्ड नेपालको समन्वयमा देशभर बाट छनौंट भएका १२ वटा विद्यालय अन्तर्गत आज ईलामको चुलाचुली २ स्थित सनफ्लावर एकेडेकी र कनकाई नगरपालिका झापा स्थित झापा मेरीगोल्ड सेकेन्डरी स्कुललाई सर्ट फिल्म निर्माण सम्बन्धि सामाग्री प्रदान गरिएको हो ।

No posts found.

विद्यायलयमा अध्ययनरत विद्यार्थि मध्ये छनौटमा परेका विद्यार्थिलाई लाई अतिरिक्त क्रियाकलाप अन्तर्गत फिल्म निर्माण सम्बन्धिको तालिम दिन लागीएको र तालिम पछि फिल्म निर्माण सम्बन्धिको सम्पुण काम विद्यार्थि स्वयमले गर्ने सनफ्लावर ईङ्गलिस वोडिङ्ग स्कुल चुलाचुली ईलामका प्रिन्सिपल छवि खनालले बताए
प्रदान गरिएको समाग्री अन्तर्गत क्यामरा, ट्राईपोट,आईप्याड, अडियो डिभाईस,माईक्रोफोन लगायतका समाग्रीे विध्यालयका सस्थापक ओमनारायण खनाललाई प्रदान गरिएको हो । प्रदान गरिएको समाग्रीको प्रति विद्यालय चारलाख मुल्य बरावरको रहेको व्रिटिस काउन्सिल नेपाल रविक उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker