कमलनगर जेसीजको चौंथो पदहस्तान्तरण तथा सफत ग्रहण

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्किको प्रमुख आतिथ्यता तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको विषेश आतिथ्यतामा कमलनगर जेसीजको चौंथो पदहस्तान्रण तथा सफत ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
कमलगाउँपालिका ६ स्थित स्माईल फनपार्कको सभाहलमा भएको कार्यक्रममा वर्ष २०१९का अध्यक्ष जेसी शेखरनाथ न्यौपाने ले वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाललाई पदहस्तान्रण गरेका थिए ।
कार्यक्रमा नवनिर्वाचित समिती पदाधिकारीको समेत पलहस्तान्रण तथा सफत गहण सम्पन्न भएको थियो जसमा कार्यकारिणी उपाध्यक्ष द्वय जेसी रीजुकार्कि र घनश्याम गुरागाई, कानुनी सल्लाहकार जेसी भिम अधिकारी, महासचिव जेसी छत्रपती खनाल, कोषध्यक्ष जेसी नारायण बस्नेत,उपाध्यक्ष जेसी गंगाराम मिश्र, जेसी देवेन्द्र दाहाल र जेसी मिलन सापकोटा लगायत रहेको कमलनगर जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker