प्याव्सन स्पोर्ट मिट २०७६ सुरु

कमल । कितावि ज्ञानका साथसाथै विद्यार्थिलाई अतिरिक्त क्रियाकलाप मार्फत क्षमता विकास गर्ने उद्येश्यिले निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन)ले आजबाट क्षेत्रीयस्तरमा विभिन्न विधाका खेलकुद सुरुगरेको छ ।

This image has an empty alt attribute; its file name is fg-1024x472.jpg


विध्यार्थिमा भएको क्षमतालाई प्रस्फुटन गराउन हरेक वर्षयस्ता कार्यक्रम गर्ने गरेको प्याव्सन कमलका अध्यक्ष वदिराम राईले बताए ।
पढेर कोहि डाक्टर त कोहि ईन्जिनियर बन्छन् भने खेलाडी बनेर गाउँ र राष्ट्रको नाम राख्न सकिन्छ यसका साथै खेलको माध्यम बाट अनुसासनका साथै मानसिक र शारिरिक रुपमा समेत स्वस्थ्यहुने भएकोले यस्ता प्रतियोगिताले विद्यार्थिलाई थप हौसला मिल्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताए ।

This image has an empty alt attribute; its file name is rt-1-1024x768.jpg


प्याव्सनको वार्षिक कार्यक्रम अनुसार पुस, माघ र फागुन तिन महिनालाई प्याव्सन स्पोर्टमिट भनिन्छ यि महिनामा हरेक वर्ष यस्ता प्रतियोगिता सञ्चालन गरिन्छ । जो विद्यार्थि पढ्न भन्दा खेलकुदमा रुचि राख्छन् त्यस्ता विध्यार्थिका लागी यो अवसर हुनेगरेको प्याव्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरिमान फागो बताए ।
..आज बाट सुरुभएको प्रतियोगिता कमल गाउँपालिकामा माघ २६ गते सम्पन्न हुनेछ भने जिल्ला स्तरिय प्रतियोगितामा आगामी फागुन ६ गते सम्पन्न हुनेछ । प्रतियोगितामा फुटवल,भलिवल,क्रिकेट र एथलेटिक्स समावेश गरिएको प्याव्सन कमलका सचिव जिवन सापकोटा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker