आयोजनाभित्र पुरानो ईनार फेला पर्यो

कमल । झापाको कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजना भित्र एक ईनार फेलापरेको छ ।
आयोजना भित्र फेलापरेको ईनार माटाको डवल रिङ्ग प्रयोग गरेर बनाईएको छ । ईनार जमिन बाट करिवा ५ फुट गहिराईमा फेला परेको छ ।
आयोजना भित्र बाख्रा चराउने क्रममा स्थिानिय सोमनाल चापागाईले ईनार फेला पारेको बताए । वाख्रा चराउन आउने क्रममा टाडा बाट देखे नजिक गएर हेर्दा ईनार रहेछ ।

This image has an empty alt attribute; its file name is rty-1024x472.jpg


हालको रतुवामाई वृक्षारोपण आयोजनामा भएको स्थानमा २०१९ साल देखि छिटफुट रुपमा बस्ति बस्न सुरुगरेको थियो । त्यो भन्दा पहिले यो ठाउँमा घना जंगल थियो । २०३५ सालमा पुन वस्ति खालि गराएर वृक्षारोपण गरिएको थियो । त्यतिबेलाका मानिसले यस्तो ईनार प्रयोग गर्दैन थिए । त्यो बेला त ईनारमा ठुलाठुला रुखलाई खोपेर रिङ्ग बनाएर प्रयोग गरिन्थ्यो अहिलेको जस्तो सिमन्टिको रिङ्गको चलनै नभएको स्थानिय नरेन्द्र बोहोरा बताउछन् ।
फेला परेको ईनारमा माटाको टायल्सको डवल रिङ्ग बनाएर प्रयोग गरिएको छ । ईनार करिव २ सय वर्ष पुरानो हुन सक्ने अर्का स्थानिय दिलिपकुमार चापागाई बताउछन् ।उनका अनुसार यो ठाउमा कुनैवेला ऋषिमुनी आएर बस्ने गरेकाले ईनार बनाएको हुन सक्छ ।
ईनार फेलापरेको स्थान देखि करिव अडाई किलोमिटर पुर्व प्राचिन वालमिकी आश्रम तथा सिमसार क्षेत्र पर्दछ । यसले पनि यो ईनार कुनै ऋषिमुनीका पालामा निर्माण भएको हुन सक्ने चापागाई बताउछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker