हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम आगामी माघ २५ गतेदेखि सुरु

कमल । झापामा हात्तीपाइले रोग निवारण कार्यक्रम २०७६ अन्तर्गत आम औषधी सेवन अभियान आगामी माघ २५ गतेदेखि सुरु हुँदैछ ।
नवौ चरणको अभियान माघ २५ गते देखी स्वस्थ्यकर्मीले घरघरमा गएर औषधि सेवन गराउने कार्यक्रम रहेको स्वस्थ्य कार्यलय झापाले आईतवार विर्तामोडमा पत्रकार सम्मेलनगरी जानकारी गराएको छ ।
।कार्यक्रम लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधी वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पत्रकार सम्मेलमा जानकारी गराईएको थियो ।
औषधी सेवनपछि यसको सकारात्मक प्रभावलाई नकारात्मक असर भनी प्रचार गरिदिँदा सर्वसाधारणमा भ्रम उत्पन्न भई औषधी सेवनकर्ता घटे पनि ज जसले औयाधि सेवन गरे तिनका कारण संक्रमण दर घटेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
सन् २००१ मा २४ प्रतिशत रहेको संक्रमण दर २०१५ मा ४ दशमलव १६ मा र २०१७ मा २ दशमलव ४ मा झारिएको जनाएको हो । विगत ८ वर्षदेखि नियमित औषधी सेवन गराउँदा हात्तीपाइले रोग न्यूनीकरण भएकोले यो वर्ष पनि निःशुल्क औषधी वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले अरु धेरै कुरामा झापा अगाडि रहेपनि हात्तीपाइले रोग न्यूनीकरणमा पछि परेको जानकारी गराएका थिए ।
देशका ६३ वटा जिल्लामा हात्तीपाइले रोगीहरु पाईए पछि औषधी खुवाउने कार्यक्रम थालिएकोमा ५० वटा जिल्लाले पाँच डोजमा नै कोर्श पूरा गरेर लक्ष्य प्राप्तगरे झापा, मोरङ, धनकुटासहित १३ जिल्लामा यो वर्ष पनि औषधी खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक जिवन चम्लागाईले बताए ।

This image has an empty alt attribute; its file name is hp-1024x472.jpg


संयोजक चम्लागाईंका अनुसार २० वर्षको कार्यक्रम अवधिमध्ये नेपालमा सन् २००९ बाट औषधी खुवाउन सुरु गरिएको र अब देशभर १ दशमलव ४७ प्रतिशतमात्र संक्रमण दर रहेको जानकारी गराउदै प्रतिहजार १ भन्दा कम गर्न सकियो भनेमात्र निवारणको अर्थ रहने छ ।
हात्तीपाइले रोग लागिसकेपछि औषधी सेवन गर्नुको कुनै अर्थ नरहने जनाउँदै कार्यक्रम संयोजक चौंलागाईंले औषधी खान आनाकानी गरेर संक्रमणमा परेका वा औषधी वितरण हुनुभन्दा पहिलेदेखि नै संक्रमण भइसकेका ५५४ जना मानिसहरु झापामा रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वभरबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेर कार्यक्रम सञ्चालन गरेपछि निःशुल्क औषधि वितरणबाट न्यूनीकरण गर्न सफल भएको हो । प्रारम्भिक तथ्याङ्क अनुसार विश्वका ५० देशका ८५ दशमलव ६ करोड मानिसहरु सो रोगबाट प्रभावित भएको पाइए पछि विश्व स्वास्थ्य संगठनले यस्तो कार्यक्रम अघि सारेको हो ।
तथ्याङ्क अनुसार दक्षिणपूर्वी एशियाका ११ देशका १२ करोड मानिसहरु हात्तीपाइले रोगबाट संक्रमित रहेका थिए भने तीमध्ये ४ करोड मानिस अंगभंग अवस्थामा रहेकोे पाइन्छ । विगत २० वर्षदेखिको निरन्तर प्रयासबाट विश्वका धेरै देशले हात्तीपाइले रोग निवारण गरिसकेका छन् । तर नेपालमा भने जाने बुझेकाहरुले नै औषधी सेवन नगर्ने अनि सेवन गर्न चाहनेहरुलाई पनि अफवाह फैलाएर रोक्नाले कार्यक्रम सफल हुन नसकेको पाईन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker