जन्मदिनको अवसरमा छात्रावृति प्रदान

कमल । कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला जागण केन्द्रिकी अध्यक्ष शान्ता उप्रेति (दाहाल) ले आज आफ्नो जन्मदिनको अवसरमा छात्रावृति प्रदान गरेकि छिन् ।
पछिल्लो समय जन्मदिन मनाउने क्रममा होटेल तथा पाटिप्यालेसमा हुनेगरेको फजुल खर्च लाई निरुत्साहित गर्दै त्यो बापतको खर्च सामाजिक काममा सदुपयोग होस भन्ने उद्येश्यले छात्रवृति प्रदान गरेको दाहालले बताईन् ।
जन्मदिनको अवसरमा प्रदान गरिएको छात्रावृति मदन आश्रीत बहुमुखी क्याम्पस वि एड प्रथम वर्षमा सुचना प्रविधि विषयमा अध्यायनरत छात्रा तिर्थामाया तामाङ्गले क्याम्पसलाई एक वर्ष बुझाउनुपर्नेे शुल्क वापतको ९ हजार रुपेयौको चेक कार्यक्रमका प्रमुख अतिथी मेनुका काफ्ले मार्फत क्याम्पसलाई प्रदान गरिएको थियो ।
तामाङ्गको स्थाई घर पाँचथर लिम्वा भएपनि अन्यन्त न्युन आर्थिक स्थितीका कारण कमल गाउँपािलका ३ स्थित दिदि भिनाजुको घरमा वसेर अध्यायन गरिरहेकी छन् । यो रकमले उनलाई अध्यायन गर्नमा थप हौसला मिलेको क्याम्पस प्रमुख उमानाथ अधिकारीले जाकारी दिए ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रम को सन्चालन क्यम्पसका प्रचार्य गोविन्द पौडेलले गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker