बजेट अभावका कारण प्राचिन वाल्मिकी आश्रम तथा सिमसारक्षेत्र संकटमा

उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिका ३ स्थित प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र बजेट अभावका कारण संकटमा परेको छ ।
वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रको संरक्षण र प्रवर्धनका लागी गत वर्ष प्रदेश सरकार तथा स्थानियतह बाट वजेट विनियोजन भएपनि यस आर्थिक वर्षमा बजेट विनियनेजन नभएकाले आश्रम तथा सिमसार क्षेत्र संकटमा पर्न थालेकोे प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्र संरक्षण समितीका अध्यक्ष चक्र गुरुङ्गले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is 50-1024x768.jpg


हामिले यस क्षेत्रको सरक्षण र प्रवर्धनका लागी संघिय सरकार संग बजेट माग गरेका थियौं । बजेट विनियोजन पनि भएको छ तर ठेगाना फरक परेकाले समस्या आएको हो । प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रमको नाममा विनियोजन भएको रकम केचना कवल गाउपालिकाको ठेगानामा रहेको छ ।
यस विषयमा हामिले स्थानिय तथा संघिय सरकारमा पनि ठेगाना सच्याउनका लागी पटक पटक जानकारी गराएका छौ । नेपाल भ्रमण वर्ष अन्तरगत पर्यटन मन्त्रालयले देशका एकसय वटा धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रको विकासका लागी आवश्यक पुर्वाधर तयारगर्न बहुवर्षय आयोजना अन्तरगत रकम विनियनेजन गरेको भएपनि ठेगाना परक परेकाले हामीलाई समस्या आएको अध्यक्ष गुरुङ्गले बताए ।
गतवर्षको बजेट बाट वाल्मिकी आश्रम आसपास रहेको सिमसार क्षेत्रको सरसफाई तथा सो स्थानमा रहेकोे पानिको श्रोतलाई संरक्षण गर्ने काम भएको थियो । तर यस वर्ष हामिले यसलाई थप कामगर्ने र मंदिर लगायत आसपासको क्षेत्रमापनि सरसफाई गर्ने कार्यक्रम थियो तर यस वर्ष बजेट अन्यौलका कारण कुनै काम हुन नसकेको संरक्षण समितीका सचिव मधुसुधन अधिकारी बताए ।
वाल्मिकी आश्रम तथा सिमासक्षेत्रको सरसफाईमा कमि आएको स्थानिय वासि समेत स्वकाछन् । पछिल्लो समय आश्रममा सरसफाई नभएको धेरै भयो यस्तो हुनुमा बजेटका साथै स्थानियवासिको सक्रियाता कमि आएको स्थानियवासि देउमान भट्टराई भट्टराई बताउछन् ।
प्राचिन वाल्मिकी आश्रम तथा सिमसार क्षेत्रलाई संरक्षण र प्रवद्र्धनका साथै सरसफाईमा ध्यान दिन आवश्यक छ । पछिल्लो समय सरसफाई नभएका कारण वाल्मिकिको कुटी भित्र धेरै मात्रामा फोहोर जम्मा हुन थालेकोे छ । राष्ट्रले भ्रमण वर्ष मनाई रहँदा यस्ता ठाउँ ओजेलमा पर्नु दुःख को कुरा हो ।
त्यसैले सबैजना मिलेर यस्ता धार्मिक तथा प्राचिन स्थानको सरक्षण र प्रवद्र्धन गर्नमा आजै देखी काँधमा काँध मिलाएर अगाडी बढेमात्र नेपाल भ्रमण वर्ष सफल हुने स्थानयि वासि बताउछन् । ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker