युवाहरुमा लागुऔषध दुव्र्यसनिका कारण सडक दुर्घटना बढ्दो

कमल । पछिल्लो समय युवाहरुमा लागुऔषध दुव्र्यसनि र सडक दुर्घटना कारण ज्यान गुमाईरहेको तपाई हामीले सुन्न र देख्न पाईरहेका छौं ।
यस्ता युवाहरुलाई लागुऔषध दुव्र्यसनि र सडक दुर्घटना बाट कसरी जोगान सकिन्छ भन्ने उद्येश्य रहेको सडक नाटक आज कारितास नेपालको आयोजना र कमल गाउँपालिकाको संयोजनमा केर्खामा प्रदर्शन गरियो ।
कमल गाउँपालिकामा रहेका युवाहरुले केहि समयको तालिम पछि प्रस्तुत गरेको नाटकको मुख्य उद्येश्य युवाहरुलाई लागुऔषध दुव्र्यसनि र सडक दुर्घटना बाट कसरि जोगाउन सकिन्छ भनेर नाटकप्रदर्शन गरिएको कारितास नेपाल दमकका प्रमुख देवेन्द्र पोख्रेलले बताए ।
त्यसैगरी विभिन्न सस्थाहरुले आयोजना गर्ने तालिम युवाहरुको भावना अनुसार हुनुपर्नेमा त्यसो नभएर तालिम आयोजक सस्थाहरको ईच्छा अनुसार सन्चालन गरिने भएको ले पनि तालिम प्रभावकारी नभएको समेत प्रमुख पाख्रेलले बताए ।

No posts found.
This image has an empty alt attribute; its file name is 1-3-1024x768.jpg


युवा लक्षित सडक नाटक सचेतना मुलक भएकोले यस्ता कार्यक्रम विभिन्न ठाउमा सन्चालन गर्नसके समाज रुपान्तरणमा सहयोग पुग्ने े कमल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नरप्रसाद दंगालले बताए ।
युवाहरुमा सडक दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थ सेवन र लागुऔषध दुव्र्यसनि र सवारि साधनमा तिव्रगति हो । यस्ता कार्यक्रमले केहि हदसम्म भएपनि दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने नाटक हेरिसके पछि आफ्नो प्रतिक्रिया दिदै शहिद धर्मभक्त माध्यमिक विध्यालयका शिक्षक शिवकुमार भट्टराईले बताए ।

This image has an empty alt attribute; its file name is hk-1024x768.jpg


सुनेर भन्दा हेरेर छिटो प्रभाव पर्न सक्ने भएकोले यस्ता नाटक सबै युवाहरुलाई एक पटक देखाउन सके युवाहरुमा लागुऔषध दुव्र्यसनि र सडक दुर्घटनामा थोरै भएपनि न्युनिकरण हुने स्थानिय भावना खरेल बताउछिन् ।
नाटकले अनुभव विना नै लाईसेन्स पाउनु ,सवारी साधनको क्षमता भन्दा बढी यात्रु राखेर यात्रा गर्नु मादक पदार्थ सेवन गर्नु , अविभावकले आफ्ना नानिहरुको ईच्छा पुरागर्ने बहानामा क्षमता भन्दा बढीको सवारी साधन गरिद गरिदिनु जस्ता मुख्य कारणले दुर्घटना हुनु र अकालमै ज्यान जानु लगायतका विषयलाई नाटकको माध्यम बाट प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker