नवोदयले वितरण गर्यो १ करोड रुपैया भन्दा बढीेको सुविधा

कमल । श्री नवोदय वहुउद्येश्यिय सहकारी सस्था लिमिटेडले आज एक कार्यक्रमका बिच जिवन प्रदान कोष अन्तरगत औध्वदैहिक सुविधा प्रदान गरेको छ ।
सदस्य स्वयम वा सदस्यको परिवारको मृत्यु पछि काजक्रिया खर्च वापतको रकम अन्तरगत सस्थाका सदस्य विरध्वज विष्टकी आमा मनमाया विष्टको मृत्यु भएको आज ९ औं दिनको पुण्य तिथीमा विष्टको घरमा पुगेर समवेदन पत्र सहित नगद ५ हजार रुपैया प्रदान गरिएको सस्थाका व्यास्थापक फणिन्द्र बाहादुर कार्किले जानकारी दिए ।
सस्थाको निति अनुसार सदस्य स्वयमको मृत्युहुँदा २० हजार, सदस्यको पति वा पत्निको मृत्युहँुदा रु १० हजार, आमा वुवाको मृत्युहँुदा रु ५ हजार र सदस्यका छोरा छोरी र एका घरपरिवारका सदस्यको मृत्युहँदा रु जनहि २ हजारका दरले वढीमा ४० हजार रुपैया सम्म प्रदान गरिने र लघुवित्त तर्फका सदस्यहरुले लिएको कर्जा सदस्य स्वयम र सदस्यको श्रीमानको मृत्युहुँदा सदस्यले लिएको सबै कर्जा मिनाहा हुने सस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।
सस्थाले हाल सम्ममा औध्वदैहिक सुविधा अन्तरगत २ लाख भन्दा वदी रकम वितरण गरेको सस्थाले जनाएको छ ।
त्यसैगरी सस्थाले १ हजार ८ सय भन्दा बढी सदस्य लाई जिवन प्रदान कोष अन्तरगत जेष्ठ नागरकि सदस्यलाई दशै खर्च,प्रसुति सुविधा, नवदुलहि स्वगत, प्राकृतिक विपत्ति, गम्भिर प्रकृतिको रुोग लागेका औषधी उपचार खर्च समेतगरी हाल सम्ममा रु १ करोड भन्दा बढी रकमको सुविधा वितरण गरिएको व्यवस्थापक कार्किले जानकारी दिए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker