कमल गाउँपालिकालाई खानेपानि आयोजना र सडक निर्माणका लागी संघिय सरकार बाट ३० करोड भन्दा बढी रकम प्राप्त ।

कमल । कमल गाउँपालिकामा खानेपानि र सडक निर्माणका लागी संघिय सरकार बाट ३० करोड भन्दा बढी रकम प्राप्त भएको छ ।
गाउँपालिकाको वडा नम्वर २ मा खानेपानी आयोजना सञ्चालनका लागी संघिय सरकाको विशेष अनुदानबाट १३ करोड ६७ लाख ९१ हजार ५सय रुपैया प्राप्त भएको कमल गाउँपालिकाले जनाएको छ ।
आयोजना सम्पन्न भएपछि कमल गाउँपालिकाको वडा नम्वर १ र २ का शुद्ध पानि वितरण गर्नमा सहज हुने छ । यो आयोजना सञ्चालनमा आएपछि गाउँपालिकाका सात वटै वडामा शुद्ध पानि वितरण गर्न सकिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
बहुबर्षिय योजना अन्तरगत प्राप्त योजनामा वडा नम्वर ६ र ७ मा पर्ने भट्टराई चोक नौसिटे हुदै सरस्वतीमावि बारघरे सडकको कालो पत्रे , वडा नम्वर ४ को चुलाचुलीमोड हुदै डाँफे टोल सम्मको सडकमा कालोपत्रे र वडा नम्वर ५ नमुना मार्ग लाई कालोपत्रे गर्नेका लागी संघिय सरकारको समपुरक कोष बाट १७ करोड ११ लाख ६५ हजार रुपैया प्राप्त भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker