कमल गाउँपालिकाको केर्खामा जिल्लाकै नमुना पशुवधशाला निर्माणहुने

कमल । झापाको कमल गाउँपालिकामा जिल्लाकै नमुनाका रुपमा निर्माण हुनलागेको पशुवधशालाको लागी आवश्यक प्रारम्भिक वातावणीय परिक्षण (आई ई ई) प्रतिवेदनको आईतवार सर्वपक्षिय भेलाबाट अन्तिम रुप दिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ केर्खा स्थित गोसलाईनमा निर्माण हुन लागेको पशुवधशाला निर्माणका लागी १ नम्वर प्रदेश सरकार बाट ५० लाख र कमल गाउँपालिका बाट १८ लाख ८२ हजार रुपैया गरी जम्म ६८ लाख ५० हजार रुपैयाको लागतमा वधशाला निर्माण हुन लागेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिईन ।्
बधशालामा बधगर्न ल्याईएका पशुपक्षिको क्वरेन्टाईन, स्वस्थ्य परिक्षण , बधपछि गरिने मासुको परिक्षण लगातका सम्पुर्ण प्रकृया पुराभएपछि मात्र उपभोक्तालाई मासु विक्रिगरीने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
बधशाला निर्माणको काम यसै आर्थिक वर्षको अन्यसम्ममा सम्पन्न हुने छ गाउँपालिकाले जनाएको छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker