साहाराले दियो बाख्रा पालक कृषकलाई तालीम

कमल । साहारा नेपाल साकोस चारपानेको आयोजनामा व्यवसायकिरुपमा बाख्रा पालन गर्दै आएका सदस्यलाई तालिम प्रदान गरेको छ ।
नेपालमा बाख्रापालनको सख्या धेरै भएपनि व्यवसायीक रुपमा बाख्रापालन गर्ने कृषक नभएकोले त्यस्ता कृषकलाई व्यवसायीक बनाउने उद्येश्यका साथ तालिमको आयोजना गरीको सस्थाले जनाएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is d-1024x768.jpg


हाल नेपालमा बाख्रकोको संख्या १ करोड १४ लाख भन्दा बढी भएपनि वर्षेनी ५ लाख भन्दा बढी खसीबोका आयत गर्नु परिरहेको अवस्थालाई मध्यनजर गर्दै साहारा नेपालको ५० प्रतिशत र युकेआईडीको ५० प्रतिशतको साझेदारीमा सस्थाले आफ्ना सदस्यलाई तालिम दिईरहेको छ ।
अहिलेको अवस्थामा मान्छेले बाख्रा पालिरहेको छ भने अवको दिनमा बाख्राले मान्छे पाल्नुपर्ने हुन्छ । २० वटा भन्दा बढी बाख्रा पालनगर्ने सदस्यलाई सस्थाले कर्जा प्रदान गर्नुका साथै प्रविधिक सेवासमेत उपलब्ध गराउने छ ।
सस्थाले सोमवार र मंगलबार दमक सेवाकेन्द्र अन्तरगत रहेका ३५ जना भन्दा बढी सदस्य लाई तालिम प्रदान गरेको सस्थाका दमक सेवा केन्द्र प्रमुख डम्बर प्रधानले जानकारी दिए ।
तालिममा बाख्रामा लाग्ने प्रमुख रोग र त्यसको उपचार, खोर व्यावस्थापन, आहारा व्यवस्थापन लगायतका विषयमा डाक्टर कमलेश्वर भाटले सहजी करण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker