नेकपा द्वारा देउसीभैलो कार्यक्रममा उत्कृष्ट भट्याउनेलाई सम्मान
कमल । नेपाल कम्यनिष्ट पाटि (नेकपा) कमल गाउँपालिका ३ नम्वर वडा कमिटीले आज एक कार्यक्रमका बिच सम्मान गरेको छ ।

२०७६ सालको तिहारमा पाटिका तर्फबाट खेलिएको देउसीभैलो कार्यक्रममा उत्कृष्ट रुपमा भट्याएर सहयोग गरेको भन्दै पाटि सदस्य नरबहादुर भण्डारी ,मात्रिका सुवेदी, देविमाया बाँस्कोटा र मीना घिमीरेलाई सम्मानपत्र सहित मायाको द्वारा सम्मान गरिएको नेकपा ३ नम्वर वडा सचिव राजन चापागाईले जानकारी दिनुभयो ।

नेकपाका ३ नम्वर वडा कमिटी अध्यक्ष भिमचन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकमिटी अध्यक्ष भिम प्रसाद राई, जिल्ला कमिटी सल्लाकार सदस्य चन्द्र पोख्रेल , वनतथा वातावरण विभागका सदस्य हिमप्रसाद दाहाल ३ नम्वर वडा ईन्चार्ज छत्रहाङ्ग फागो सहईन्चार्ज मधुसुधन अधिकारी बाट सम्मानपत्र र मायाको चिनु द्वारा सम्मान गरिएको थियो ।