कमलमा विविध कार्यक्रमका साथ उद्यौली पुजा तथा साकेला शिली मनाईयो

कमल । किराँत राई योयोक्खा कमल गाउँपालिका वडा नम्वर ४ वडा समितीको आयोजनामा आज झापाको कमल गाउँपालिका वडा नम्वर ४ अमलडाँगी चौकमा विविध कार्यक्रम सहित “उद्यौली पुजा तथा साकेला शिली” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा उधौली पुजा, साकेला नृत्य, कविता वाचन, किराँत साँसकृतिक साममाग्रीको प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा गायन तथा नृत्य प्रस्तुती गरेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is ad-1024x576.jpg


प्रकृतिमा भएका विभिन्न परिवर्त अनुसार बैशाखे पुर्णिमा उभौली र मंसिरे पुर्णिमामा उद्यौलि को पुजा गरेर विभिन्न कार्यक्रम गरिरे कार्यक्रमका अन्तरगत उद्यौली पुजा तथा साकेला शिली कार्यक्रम गरिएको विषेश अतिथी प्याप्सन कमलका अध्यक्ष बदिराम राईले बताए ।
त्यसैगरी साहित्यकार विन्दु दाहाल (मुक दर्शक) ले भारते सिमा अतिक्रमण गरेको विषयमा कविता प्रस्तुत गरेका थिए ।

This image has an empty alt attribute; its file name is as-1024x576.jpg


किराँत राई योयोक्खा कमल गाउँपालिका वडा नम्वर ४का अध्यक्ष लिला बहादुर राईको अध्यक्षता भएको कार्यक्रममा विशेष अतिथी किराँत राई योयोक्खा जिल्लासमिती अध्यक्ष ईन्द्मान चाम्लिङ्ग, विषेश अतिथी आदिवाशि जनजाती महाँसंघ कमल गाउँपालिका अध्यक्ष छङ्ग फागो , किराँत राई योयोक्खा कमल गाउँपालिकाका अध्यक्ष सन्तोस राई लगायतले कार्यक्रमका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker