कमलमा मञ्च विवाह सम्पन्न

कमल । पछिल्लो समय विवाह अत्यन्तै खर्चिलो र तडकभडकका साथ सम्पन्न भै रहेका बेला कमल गाउँपलिका ३ मा आज एक जोडीले अत्यन्तै समान्य रुपमा मञ्च विवाह सम्पन्न गरेका छन् ।
कमल गाउँपालिका ३ कि यमुना चापागाई र सुन्दरहरैचा मोरङ्गका गणेश गुराँगाई विच आज मञ्च विवाह सम्पन्न भएको हो ।
कुनै औचारीक कार्यक्रम सञ्चालन गरिए जस्तै पण्डित बलराम गजुरेलले कार्यक्रम सन्चालन गरेका थिए । दुलाहालाई सभापतिमा आसन ग्रहण गराएपछि प्रमुख अतिथीको रुपमा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु सिवाकोटीलाई आसनग्रहण गाराईएको थियो भने जन्ति र घरगाउँलेलाई विषेश अतिथीको रुपमा पुस्प गुच्छा द्वारा स्वगत गरिएको थियो ।
कार्यक्रममा दुलाहा र दुलहि लाई वैवाहिक जिवन सफलताको शुभकामना दिदै उपाध्यक्ष सिवाकोटीले अन्यावश्यक रुपमा गरिने फजुल खर्च घटाएर गरियको यस्तो विवाहले समाज परिवर्तमा सहयोग पुग्ने बताए । विवहाको नाममा गरिएको खर्च तिर्न नसकेर आज कति परिवारको विचल्लि भएको छ । विवाह भनेको दुलाहा र दुलहिको मन मिल्लुहो , मन मिले सबै भन्दा ठुलो सम्पति त्यहि हुनेभएको सिवाकोटीले बताए ।
समाजमा दिन प्रतिदिन बढ्दै गईरहेको विकृति र विसंगतिका विरुद्ध दुबै परिवारले सल्लाहा गर्यौ हामीले गरेको यस्तो कार्यले समाजमा जनचेतना जगाउने मद्दत पुग्छ कि भन्ने लागो ? त्यसैले यस्तो विवाह गर्न हामी सहमती भएको दुलहीका बुवा रविन्द्र प्रकाश चापागाईले बताए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker