सडक सामुदायिक कुकुरको वन्ध्याकरण शिविर

कमल । दमक नगरपालिकाको आयोजना तथा हिमालयन एनिमल रेस्क्यु ट्रष्टको (हार्ट) नेपालको सहयोगमा सडक सामुदायिक कुकुरको वन्ध्याकरण शिविर सन्चालन भैरहेको छ ।
सडक सामुदायिक कुकुरका कारण समाजमा रेविज जस्तो प्राणघातक रोग लगात विभिन्न रोग लाग्ने भएकोले त्यस्ता रोगबाट बच्नका लागी सामुदायिक कुकुरको बन्याकरण गरिएको दमक नगरपालिकाले जनाएको छ ।
कुकुरको संख्या जतिकम भयो रोग फैलिने सम्भावन पनि उतिनैकम हुने भएकोले सामुदायिक कुकरको वन्ध्याकरण शिविर सन्चालन गरिएको दमक नगरपालिका पशुसेवा शाखाका प्रमुख गणेश प्रधानले बताए ।
२०१० मा स्थापना भएको हार्ट नेपालले रेविज जस्तो प्राणघातक रोग लाई न्युनिकरण गर्नका लागी पहिलो प्रथमिकतामा सामुदायिक कुकुरको बन्याकरण रहेको हार्ट नेपालका प्रवन्धक चन्द्र राईले बताए ।

No posts found.
This image has an empty alt attribute; its file name is 89-1-1024x768.jpg


उनका अनुसरा बन्ध्याकरणका कारण सामुदायिक कुकुरको संख्यामा न्युनिकरण हुन्छ । कुकुरको संख्या जतिकमहुन्छ त्यतिनै रोग फलिने सम्भावना पनि कम हुने भएकोले विभिन्न संघ सस्था र स्थानियतह सग समन्वयगरि शिविर सन्चालन गरेको राई बताउनछन् । स्थापना देखि हाल सम्ममा सस्थाले २० हजार भन्दा कुकुरको बन्ध्याकरण गरिसेको राईले जानकारी दिए ।
यस कसिमको वन्ध्याकरण शिविरले समाजमा सामुदायिक कुकुरको सन्तान उत्पादनमा न्युनीकरण कमहुने जसका कारण रेविज जस्तो प्राणघातकरोग समेत फैनिलसमेत न्युनिकरण हुने दमक ७ का गंगाबहादुर काकिर्ले बताए ।
मंसिर २२ बाट दमक नगरपालिका वडा नम्वर ७ को प्राङ्गणमा सुरुभएको बन्ध्याकरण शिविरमा आज सम्ममा सामुदायिक र घरपालुवा गरि १ सय २५ भन्दा बढी कुकुरको वन्ध्याकरण भैसकेको दमक नगरपालिका पशुसेवा शाखाले जनाएकाछ । शिविर मसिर २७ गते सम्म सन्चालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker