अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा रक्तदान

बाँसवारी । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कारितास नेपाल र युवा समूह संयुक्त आयोजनामा तथा कमल गाउँपालिका, कमल नगर जेसीजको संयुक्त व्यवस्थापनमा कमल गाउँपालिका १, बाँसबारीमा भएको रक्तदान कार्यक्रममा ३३ युनिट रगत संकलन भएको कारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोखरेलले बताए ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले रगत दान जिवन दान भन्ने विषयमा बोलेकी थिईन् ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी, वडा नम्वर १ का वडा अध्यक्ष केदार कटुवाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम युवा समिति अध्यक्ष सरोज भट्टराईको सभापतित्वमा भएको कार्यक्रमकोसंचालन उत्तम खड्काले गरेका थिए ।
सोहिकार्यक्रमको अवसरमा लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्िगक हिंसा विरुद्धको एकबद्धता लागि हस्ताक्षर संकलन समेत गरिएको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker