मैत्रिपुर्ण फुटवल प्रतियोगिताको उपाधी व्यवसायी संघको कब्जामा
कमल । नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधी संघ लाई १ गोलका विरुद्ध ५ गोलले हराउदै मैत्रिपुर्ण फुटवल प्रतियोगिताको उपाधी नेपाल पशुपंक्षी औषधी व्यवसायी संघले जितेको छ ।
नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधी संघको आयोजनामा कमल गाउँपालिकाको केर्खा स्थित खेल मैदानमा सम्पन्न तिहार तथा छैठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा मैत्रिपुर्ण फुटवल प्रतियोगितामा व्यवसायी संघका तर्फबाट प्रकास तामाङ्गले १ रविन गिरी २ राजकुमार भट्टराई १ विष्णु ईङ्गनामले १ गोल गरेका थिए भने बजार प्रतिनिधी संघका तर्फबाट खेम नेपालले १ गोल गरेका थिए । प्रतियोगिताको म्यानअफ द म्याच व्यावषायी संघका गोलकिपर अमन श्रेष्ठ घोषित भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पशुपंक्षी औषधी व्यवसायी संघका १ नम्वर प्रदेशका अध्यक्ष उज्वल भट्टराई द्वारा बजार प्रतिनिधी संघ बाट अवकास लिएका ज्ञानेन्द्र निरौला, भिमलाल कुईकेल , राजेन्द्र थापा र विजय रायमाझी लाई सम्मान गर्नुका साथै विजेता टिम लाई शिल्ड, ट्रफि र प्रमाण पत्र प्रदान गरेका थिए ।
नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधी संघका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ मोरङ्गका अध्यक्ष विष्णु निरौला, झापाका अध्यक्ष विष्णु भट्टराई , नेपाल पाराभेटेरीनरी एण्ड लाईभष्टक एसोसिएशन मोरङ्गका अध्यक्ष तारा अर्याल लगायतले तिहार तथा छैठ पर्वको अवसरमा शुभकमना मन्तव्यका साथै विजेता टिमलाई बधाई दिएका थिए ।